काठमाडौं- मिर्गौला रोग लागेर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका भोजपुरका सूर्यबहादुर तामाङका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ।
यसै क्रममा भोजपुरको साविक हेलौंछा गाविस वडा नम्बर ६, ७, ८ र ९ घर भई हाल काठमाडौं तथा विदेशमा बस्नेहरुले तामाङका लागि ५२ हजार ५०० रुपैयाँ संकलन गरी उपलब्ध गराएका छन्।
२४ वर्षीय तामाङ साविक हेलौंछा गाविस वडा नम्बर ८, टाँडेका हुन्। परिवारको आर्थिक अवस्था कमजोर भएको र उपचार खर्च जुटाउन समस्या भइरहेकोले सहयोगका लागि उनले आग्रह गरेका छन्।
सहयोगका लागि सम्पर्क नम्बर
कृष्णकुमार रायामाझी, ९८५१०९३०८६
कृष्णकुमार राई, ९८४१५३०५३८
गणेश भट्टराई, ९८५१०८२९२४
सिताराम तामाङ, ९८५१०१५५६७