काठमाडौं– उपत्यकामा होम आइसोलेसन मा रहेका कोरोना संक्रमितको निगरानी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परीचालन गर्ने भएको छ ।
उपत्यकामा संक्रमणको जोखिम बढ्दै जाँदा र होम आइसोलेसनमा बस्नेको संख्या धेरै हुँदा मन्त्रालयले होम आइसोलेसनमा रहेकाको निगरानी गर्ने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वडा स्तरमा क्लष्टर बनाई होम आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने जानकारी दिए।
देशभरका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमै छन्। र, होम आइसोलेसनमा रहेकाको एकिन तथ्याँक मन्त्रालयसँग छैन। ‘एकीन तथ्यांक नभएकाले हामीले वडास्तरबाट टीम बनाएर निगरानी गर्ने योजना बनाएका छौं,’ डा गौतमले भने।