काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अध्यावधिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये १ लाख ५७ हजार ९२६ जना निको भएका छन् भने १ हजार १०८ जनाको मृत्यु भएको छ।
यस्तै संक्रमितमध्ये २९ हजार १९७ जना घरमा नै आइसोलेसनमा बसिरहेका छन् । ६ हजार २२२ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत छन् । अस्पताल रहेकामध्ये ३९८ जना आइसियुमा र ८२ जना भेन्टिलेटरमा छन्।
सबैभन्दा धेरै बागमती प्रदेशमा १८० जना आइसियुमा छन्। त्यसपछि गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ५७, प्रदेश १ मा ४५, प्रदेश २ मा ७, सुदूरपश्चिममा १५ र कर्णाली प्रदेशमा ५ जना छन् ।
यसैगरी भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बागमती प्रदेशमा नै धेरै छ। बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १७, प्रदेश १ मा १५, लुम्बिनी प्रदेशमा ५, प्रदेश २ मा २ सुदूरपश्चिममा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।