सोमबार, भदौ २९, २०८३

उद्धार उडान बन्द गरी पर्यटन क्षेत्र खोल्न सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान बन्द गर्न तथा पर्यटन क्षेत्र खोल्न सिफारिस गरेको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान बन्द गर्न तथा पर्यटन क्षेत्र खोल्न सिफारिस गरेको छ।

आइतबार बसेको सीसीएमसीको बैठकले विदेशमा रहेका नेपालीहरुको उद्धार सकिएको भन्दै अब उद्धारको लागि गरिने सबै उडान बन्द गर्दै पर्यटन क्षेत्र खोल्नका लागि सरकारलाई सिफारिस गरेको हो। 

हालसम्म सरकारले १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न देशमा रहेका दूतावासले उद्धारको काम सकिएको जानकारी गराएकोले उद्धार उडान बन्द गरी नियमित उडान गर्न सिफारिस गरेको हो। 

त्यस्तै सीसीएमसीले कुनै देशबाट उद्धार गर्नुपर्ने अवस्था आए नियमित उडानबाट नै ल्याउने पनि निर्णय गरेको छ। पर्यटन क्षेत्र खुल्ला गर्नको लागि पनि सरकारलाई सीसीएमसीले सिफारिस गरेको छ।

केबलकार, जंगल सफारी, बन्जी जम्प, रक क्लाइम्बिङ, ट्रेकिङजस्ता पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि गर्नका लागि खुला गर्न सरकारलाई सीसीएमसीले सिफारिस गरेको हो।

सीसीएमसीले सरकारलाई बैतडीको झुलाघाट नाका सुचारु गर्न पनि सिफारिस गरेको छ। भारत र चीनबाट नेपाल छिर्ने नाका १३ वटा रहेकोमा अब झुलाघाट नाकाबाट भने आवतजावत खुला हुने भएको छ। बाँकी नाका भने बन्द नै रहनेछन्।

प्रकाशित: Nov 08, 2020| 10:39 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।