सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाइडेन र कमलालाई राष्ट्रपति भण्डारी र प्रम ओलीको बधाई

बाइडेन र कमलालाई राष्ट्रपति भण्डारी र प्रम ओलीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्।
 

प्रकाशित: Nov 08, 2020| 07:14 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।