काठमाडौं– प्रहरीले भक्तपुरबाट दुई लाख रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–२ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठ लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद २ लाख १२ हजार ३५० रुपैयाँ र ६ बुक तास पनि बरामद गरेको छ।