आइतबार, असार २८, २०८३

युरोपा लिगमा आर्सनलको फराकिलो जित

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनले मोल्डेविरुद्ध फराकिलो जित निकालेको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं- युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनले मोल्डेविरुद्ध फराकिलो जित निकालेको छ। 

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न खेलमा उसले ४–१ को फराकिलो जित हात पारेको हो।  

पहिलो हाफको अतिरिक्त समयमा र ६२ औं मिनेटमा क्रमशः क्रिस्टोफर हाउगेन र शेरिफ सिन्यानले आत्मघाति  गोल गरेपछि आर्सनलले एक गोलले पछि परेको अवस्थाबाट अग्रता बनायो।

त्यसपछि घरेलु टिमका निकोलस पेपे र जोय विलोकले समान १–१ गोल गर्दै फराकिलो जित निकाले।

जितपछि आर्सनलका प्रशिक्षक माइलक आर्टेटाले युरोपा लिगको समूह चरणका खेलमा भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोग गर्न माग गरेका छन्।

‘हामीसँग प्रविधि छ, त्यसलाई थन्क्याएर राख्नुले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन। यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने।

गएरातिको जितसँगै आर्सनलले युरोपा लिगमा तेस्रो जित निकालेको छ। ऊ समूह बी को शीर्षस्थानमा छ। त्यस्तै मोल्डे ६ अंकका साथ दोस्रो स्थानमा छ।

युरोपा लिगमा भएका अन्य खेल
रियल सोसिडाड १ – ० अल्कमार
लुडोगोरेट्स १ – ३ टोटेनहम
रोमा ५ – ० सीएफआर क्लुज
रिजेका १ – २ नापोली
लेस्टर सिटी ४ – ० ब्रागा
एसी मिलान ० – ३ लिल्ले
 

प्रकाशित: Nov 06, 2020| 03:14 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।