शुक्रबार, फागुन २९, २०८२

ट्रम्पलाई छैन लोकतन्त्रको परवाह

ठूलो संख्यामा अमेरिकी जनताले ट्रम्पलाई मत दिएका छन्। चाहे जो सुकै अमेरिकाको राष्ट्रपति बनोस् यो लोकतन्त्रका लागि शकुनको कुरा भने होइन। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

कार्ला ब्लाइकर, डीडब्ल्यू–  अमेरिकी राष्ट्रपतिको निर्वाचनमा कसले जित्दैछ भन्ने संभवतः अझै केही दिन स्पष्ट हुने छैन। तर, यसको मतलब त्यहाँको लोकतन्त्र खतरामा छ भन्ने होइन, भलै धेरै अमेरिकीलाई ट्रम्पका कदमहरु स्वीकार्य छन्।

National life

अमेरिकामा चुनावी रात बिल्कुल त्यस्तै रह्यो, जस्तो धेरै विश्लेषक र चुनावी पण्डितले अनुमान गरेका थिए। बुधबार विहानसम्म कुनै पनि उम्मेदवार स्पष्ट विजेताका रुपमा सामुन्ने आउन सकेनन्। 

‘ब्याटलग्राउण्ड’ भनिने मिसिगन, विस्कोन्सिन र पेन्सिलभेनिया जस्ता राज्यले अझै पनि परिणाममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्छन्। तर, अन्तिम परिणाम आउन समय लाग्नेछ।

दुबै उम्मेदवारले हालको परिस्थितिलाई बेवास्ता गर्दै आ–आफ्नो जितको दाबी गरेका छन्। बुधबार विहानै गृह राज्य डेलावेयरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै बाइडेनले भने, ‘हामीलाई थाहा थियो नतिजाका लागि समय लाग्ने छ।’ उनले हालसम्मको स्थिति सन्तोषजनक रहेको बताउँदै भने, ‘जबसम्म एक एक मतपत्र गनिंदैन, तबसम्म काम सम्पन्न हुने छैन।’

यसपटक अमेरिकी निर्वाचनमा तीन थरी मत खसालिएका छन्। पहिलो निर्वाचनका दिन मतदान केन्द्रमा खसालिने मत। दोस्रो मतदान केन्द्रमा तर, यसअघि नै खसालिएका मत र तेस्रो हुलाकबाट पठाइएका मत। त्यसैले सबै मतको गणना गर्न धेरै दिन लाग्नसक्छ।

Laxmi sunrise bank
kumari

यहाँ मतदान गर्ने अन्तिम दिनलाई निर्वाचनको दिन भनिन्छ । तर, विभिन्न राज्यको नियम अनुसार त्यसअघि पनि विभिन्न तरिकाले मतदान गर्न पाइन्छ। यो अमेरिकाको पूर्ण वैध लोकतान्त्रिक प्रक्रिया हो। यद्यपि, राष्ट्रपति डोनल्ड ट्रम्पका दृष्टिकोणमा यो ‘निर्वाचनमा धाँधली’ का लागि डेमोक्रेट्सको प्रयास हो। उनी हुलाकबाट आएका मत मान्य हुन नदिने बताइरहेका छन्।

बुधबार बिना कुनै प्रमाण उनले ट्विट गर्दै निर्वाचनमा धाँधलीका लागि प्रयास भएको आरोप लगाए। ट्रम्पको यस्तो विचारप्रति अमेरिकी जनताले अचम्म नमाने पनि उनको नियतले कतै न कतै समस्या त खडा गर्छ नै। 

बुधबार विहानै दिएको भाषणमा उनले जुन राज्यमा मतगणना हुनै पाएको थिएन, त्यहाँ आफ्नो जितको दाबी गरे। 

हुलाकबाट प्राप्त मतपत्रलाई अझै खोल्नै बाँकी छ। विशेषज्ञहरुका अनुसार रिपब्लिकनका समर्थकको तुलनामा धेरै डेमोक्रेटिक समर्थकले हुलाकबाट मत पठाएका छन्। त्यसैले ट्रम्प ती मतको गणना होस भन्ने चाहँदैनन्। 

अहिले जारी मतगणनामा जुन राज्यको परिणाम आउन बाँकी छ तीमध्ये धेरैमा ट्रम्प अगाडि हुनसक्छन्। तर हुलाकमार्फत प्राप्त गन्न बाँकी धेरै मत बाइडेनले पाउन सक्छन्। 

अहिलेको अवस्था धेरै हदसम्म सन् २०१६ को निर्वाचनको जस्तो देखिंदै छ।

ट्रम्पका कदमको स्वीकार्यता

अधिकांश उदारवादी अमेरिकीले बाइडेन स्पष्ट विजेताका रुपमा अगाडि आउने र प्रतिस्पर्धा यती बलियो नहोला भन्ने ठानेका थिए। आखिरमा उनीहरुका उम्मेदवारले यस्ता राष्ट्रपतिविरुद्ध चुनाव लडेका थिए जो अमेरिकामा मुसलमानलाई आउनबाट रोक्न चाहन्छ, जसले महिला अमेरिकी सांसदमाथि नश्लीय आक्रमण गरेको छ, जसले आफ्नो प्रतिद्वन्द्वीलाई होच्याउन युक्रेनसँग अमेरिकी सैन्य सहायताको सौदाबाजी गरेको आरोपमा महाभियोगको सामना गर्नुपर्‍यो र जसको नेतृत्वमा अहिलेसम्म ढाइ लाख नागरिक कोरोना महामारीबाट मारिएका छन्... यो सूची निकै लामो छ।

यी सबै कुराका बावजुद ठूलो संख्यामा अमेरिकी जनताले ट्रम्पलाई मत दिएका छन्। गएका चार वर्षमा ट्रम्पले चालेका कदमबाट अमेरिकामा के के स्वीकार्य छ भन्ने स्पष्ट भइसकेको छ। चाहे जो सुकै अमेरिकाको राष्ट्रपति बनोस् यो लोकतन्त्रका लागि शकुनको कुरा भने होइन। 

प्रकाशित: Nov 04, 2020| 18:25 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।