मंगलबार, साउन १९, २०८३

वीरगन्ज महानगरको निर्देशन : तोकिएको नाममा, तोकिएकै स्थानमा विद्यालय सञ्चालन गर्नू

वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुको नियमन सुरु गरेको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

पर्सा- वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुको नियमन सुरु गरेको छ।

एउटै संस्थाबाट फरकफरक नाम राखी सञ्चालन गर्ने विद्यालय तथा एक ठाउँको अनुमति लिएर अर्को ठाउँमा सञ्चालन गर्ने विद्यालयको महानगरले नियमन सुरु गरेको छ।

महानगरको शिक्षा समितिको बैठकले गरेको निर्णयअनुसार अव विद्यालयहरुले अनुमति लिएको स्थानबाटै विद्यालय सञ्चालन गर्नुपर्नेछ।

साथै विद्यालय सञ्चालनको अनुमति पाएका शैक्षिक संस्थाहरुले अव प्लस टू मात्रै सञ्चालन गर्न नपाइने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए।

कार्तिक १८ देखि ३ महिनाभित्र तोकिएको नाम र स्थानमा विद्यालय सञ्चालन गर्न समितिको निर्देशन छ।

नियमानुसार कक्षा १ देखि १२ सम्म अथवा कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाईन्छ। महानगरले अब कक्षा ११ र १२ मात्र चलाउन नदिने भएको छ।

प्रकाशित: Nov 04, 2020| 12:56 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्