सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको गुजरातमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

भारतको गुजरातमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

भारतको गुजरातस्थित अहमदाबादमा एक कपडा उद्योगको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

एजेन्सी- भारतको गुजरातस्थित अहमदाबादमा एक कपडा उद्योगको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।

National life

घटनामा ८ जना गम्भीर घाइते भएको अधिकारीहरुले जनाएका छन्।

आगलागीपछि गोदामको एउटा तला भत्किँदा त्यहाँ काम गर्ने व्यक्तिहरु च्यापिएका थिए।

आगलागी भएको स्थलबाट १४ जनाको उद्धार गरिएको छ। त्यहाँ अझै केही व्यक्ति फसेको आशंकामा उद्धारको काम भइरहेको जनाइएको छ।

पिपलाज रोडको नानुकाका एस्टेट नजिक रहेको एउटा रासायनिक केन्द्रमा विस्फोट भएपछि त्यहाँबाट आगो फैलिएको थियो।

अधिकारीहरुका अनुसार रासायनिक केन्द्रमा लगातार ५ पटक विस्फोट भएको थियो।

कपडा गोदामका मालिकले त्यहाँ अवैध रुपमा रासायनिक केन्द्र सञ्चालन भइरहेको आरोप लगाएका छन्।

घटनामा ज्यान गुमाउने मजदुरहरु कहाँका हुन् भन्नेबारे खुलिसकेको छैन।

प्रकाशित: Nov 04, 2020| 12:10 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।