मंगलबार, साउन १९, २०८३

त्रिविको परीक्षा घर पायकबाट, प्रश्नपत्र अनलाइनमा 

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। 

बन्दाबन्दीका बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो। 

विद्यार्थी जहाँ छन् त्यहीं नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं आउनुपर्ने छैन।

त्रिवि रजिस्ट्रार डा. पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए। 

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउनेछन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिनेछन्। 

त्रिविले यही मंसिर दोस्रो सातबाट सबै तहको परीक्षा गर्ने तयारी गरेको छ। 

‘हामीले परीक्षा केन्द्र तोकेका छौं। अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौं’, उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन। आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउनेछन्।’

उनले प्रवेशपत्र पनि अनलाइनबाट आफैं विद्यार्थीले प्रिन्ट गरेर लिने सक्ने व्यवस्था गरिएको बताए। 

कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन्। 

अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ। 

रजिस्टार दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए। त्रिविको वार्षिक परीक्षा पनिका र सेमेस्टर परीक्षा डिन कार्यालयले लिँदै आएका छन्। रासस
 

प्रकाशित: Nov 04, 2020| 10:51 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्