बिहीबार, माघ १, २०८२

अफगानिस्तान : तालिबानमाथि आईएस-के आक्रमणको सन्देश के हो?

तालिबानको उक्त घोषणापछि आईएस-केले तालिबानलाई आफ्नो दुश्‍मन बनाएको छ। अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सेना फिर्ता भएसँगै अब आईएस-के आक्रमणको खतरा बढेको छ।
 |  आइतबार, असोज १०, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज १०, २०७८

काबुल- अफगानिस्तानमा अशरफ घानीको सरकार हुँदा तालिबानसँगै मिलेर अफगानी सुरक्षा बलसँग लडेको इस्लामिक स्टेट खोरासन (आईएस-के) अहिले तालिबान सरकारसँग नै लडिरहेको छ।

National life

अफगानिस्तानको नंगरहार र जलालवाद क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको आईएस-के तत्कालीन अफगान सरकारको निशाना बनेको थियो। १५ अगस्तमा आईएस-केसँगै लडिरहेको तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको घोषणा गर्‍यो। 

तालिबानको उक्त घोषणापछि आईएस-केले तालिबानलाई आफ्नो दुश्‍मन बनाएको छ। अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सेना फिर्ता भएसँगै अब आईएस-के आक्रमणको खतरा बढेको छ। 

अमेरिकी सेना फिर्ताको तयारी गरिरहेको समयमा तालिबानले काबुल विमानस्थलमा व्यापक सुरक्षा दिँदादिँदै आईएस-के ले २६ सेप्टेम्बरमा आत्मघातीय विस्फोट गराएको थियो। उक्त विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसँगै १५० भन्दा बढीको मृत्यु भएको थियो। 

पछिल्लो समय जलालावादमा आईएस-केले तालिबानी गाडीमाथि आक्रमण गरेको हो। उक्त आक्रमणमा दुई तालिबानी लडाकूसँगै तीन जनाको मृत्यु भएको थियो। तर, तालिबानले भने यस विषयमा आफ्नो कुनै प्रतिक्रिया दिएको छैन। 

Laxmi sunrise bank
kumari

तालिबानविरुद्ध यसरी लडिरहेको आईएस-केलाई पाकिस्तानी समर्थक रहेको पश्‍चिमा मुलुकहरुको आरोप छ। 


प्रकाशित: Sep 26, 2021| 20:50 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।