शुक्रबार, जेठ १९, २०८०

विधेयक संशोधन गर्न लुम्बिनीका मुख्यमन्त्री केसीको जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सञ्‍चारसम्बन्धी विधेयक संशोधन गरेर अघि बढ्दा कानुन चाँडो बन्‍ने बताएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सञ्‍चारसम्बन्धी विधेयक संशोधन गरेर अघि बढ्दा कानुन चाँडो बन्‍ने बताएका छन्।  उनले सरकार जबरजस्ती कानुन ल्याउने पक्षमा नभएको बताउँदै फिर्ता गरे कानुन निर्माण पछाडि धकेलिने बताए।  

Everest Bank

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा एक हप्ते पत्रकारिता तालिम समापनलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् । 

‘तत्तकाल कानुन निर्माण गर्ने हो भने संशोधनबाट अघि बढ्न सकिन्छ,’ उनले भने, ‘फिर्ता नै गर्नुपर्छ भन्‍नुहुन्छ भने सरकार फिर्ता गर्न तयार छ, तर फिर्ता भएपछि कानुन बन्‍न तीन(चार वर्ष पनि लाग्‍न सक्छ।’ उनले विधेयक फिर्ता भएपछि अधिकृत तहको कर्मचारीबाट पुन प्रक्रिया सुरु हुने  बताए। 

उनले पटकपटक पत्रकार महासंघलाई संशोधन गर्नतर्फ जोड दिँदै भने, ‘काँडाहरु पन्छाउँदै अघि बढ्ने की राजमार्ग बनाउने, महासंघले के गर्ने भन्‍नुहोस्।’ मुख्यमन्त्री केसीले पुर्नलेखन गर्ने प्रक्रियामा वर्तमान राजनीतिक अवस्थाले संसद्‌सम्म लैजान निकै जटिल हुने बताए। उनले लुम्बिनीमा विधेयकहरुको चाङ लागेको भए पनि संसद् नियमित गर्न अवरोध सृजना भइरहेको स्मरण गराए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोख्रलले लुम्बिनी प्रदेश सरकार प्रेसमैत्री भएको संसारभर प्रचार गर्न चाहेको बताए। उनले लुम्बिनी सरकारले ल्याएको सञ्‍चार विधेयकलाई प्रेसमैत्री बनाउने सवालमा महासंघले प्राविधिक रुपमा भरपुर सहयोग गर्न तयार रहेको बताउँदै प्रेस स्वतन्त्रतालाई हनन गर्ने कानुन स्वीकार्न नसक्ने बताए। 

National life insurance
Metro Mart

नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार टिआर शर्मा पुरस्कृत भएका छन्। अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापना गरिएको पुरस्कार मुख्यमन्त्री कुलप्रसाद केसी र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र संस्थापक सापकोटाले प्रदान गरेका हुन्। २५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कारबाट सम्मान गरिएको हो। 

शर्मा करिब २ दशकदेखि रुपन्देहीको पत्रकारितामा सक्रिय छन्। यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा। बालकृष्ण चापागाईंलाई महासंघले सम्मान गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गरेकाले महासंघ रुपन्देहीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

प्रकाशित: Sep 26, 2021| 08:12. 35 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।