मंगलबार, भदौ १६, २०८३

किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार (आज) नेपाल आउँदैछन् । 
 |  बुधबार, कात्तिक १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०७७

काठमाडौँ- भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे बुधबार नेपाल आउँदैछन् । 

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न उनी आज काठमाडौं आउन लागेका हुन् । बिहान ११ बजे विशेष विमान मार्फत उनी काठमाडौँ उत्रने कार्यतालिका छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्।

मन्त्रिपरिषद्को गत माघ २० गतेको बैठकले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण स्वीकृत गरे पनि कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको थियो। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्को मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। 

नेपालमा रहँदा नरवणेले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने तय भएको छ। 

प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्नेछन्। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ। 

यस्तै पशुपति क्षेत्र विकास कोषले भारतीय सेनाध्यक्ष नरवणेलाई पशुपतिनाथको दर्शन गराउने तयारी गरिरहेको छ।

नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन्।

प्रकाशित: Nov 04, 2020| 02:59 बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।