शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जसपामा 'एक व्यक्ति, एक पद' को अवधारणाबारे छलफल

पार्टी संगठन सुदृढिकरण र जनजारण अभियानअन्तर्गत समीक्षाको क्रममा सो बैठकमा सहभागी जसपाका नेताहरूले एक व्यक्ति, एक पदको अवधारणा पार्टीमा लागु हुनुपर्नेमा जोड दिएका हुन्।
 |  आइतबार, असोज १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) ले पार्टी सुदृढिकरण गर्ने हिसाबले प्रदेश २ समिति बैठकमा एक व्यक्ति एक पदको विषयमा छलफल गरेको छ। पार्टी संगठन सुदृढिकरण र जनजारण अभियानअन्तर्गत समीक्षाको क्रममा सो बैठकमा सहभागी जसपाका नेताहरूले एक व्यक्ति, एक पदको अवधारणा पार्टीमा लागु हुनुपर्नेमा जोड दिएका हुन्।

triton college

जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा तत्कालिन राजपा र तत्कालिन समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समायोजन, नयाँ तथा पुराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र संगठन मोडालिटीबारे व्यापक छलफल भएको जसपाका केन्द्रीय सदस्य समेत रहेका पूर्व आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री ज्ञोनेन्द्र कुमार यादवले जानकारी दिएका छन्।

उनले अहिले जसपाभित्र एकै व्यक्तिले संगठनको महत्वपूर्ण पदहरु ओगटेर बस्दा कुनै पनि काम  प्रभावकारी ढंगले पार्टीलाई अगाडि बढाउन समस्या भइरहेकोले 'एक व्यक्ति, एक पद'को अवधारणा ल्याइएको बताए।

अहिले जसपामा एक नेता नै विभिन्‍न पद ओगटेर बस्दा अहंकारको भाव उत्पन्‍न भएर पार्टी संगठनलाई क्षति पुगेको अनुभव साझा गर्दै बैठकमा सो अवधारणामाथि गम्भीर रुपमा बहस भएको एक नेताले जानकारी दिए।

बैठक समापनपछि भएको विभिन्‍न निर्णयबारे जानकारी गराउँदै केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार यादवले समायोजनका लागि नयाँ मोडालिटी तयार पारी सात सदस्यीय सल्लाह सुझाव समिति गठन भएको बताए।

Metro Mart
vianet

प्रकाशित: Sep 26, 2021| 19:39 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।