शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा राष्ट्रपति चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?  

अमेरिकामा राष्ट्रपति चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?  

 ५८ औं राष्ट्रपति छान्नका लागि आज अमेरिकामा राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

काठमाडौं- ५८ औं राष्ट्रपति छान्नका लागि आज अमेरिकामा राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ ।

National life

चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। 

अहिलेका राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका हुन् भने बाइडेन डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् । 

अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बिन्दुले अग्रता बनाएका छन् । 

एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । चुनावी नतिजा फेरबदल गर्न केही राज्यहरुको मतमा भर पर्नेछ ।

Laxmi sunrise bank
kumari

मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । 

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ।

अमेरिकामा मङ्गलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने भएको छ।

सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन्। 

प्रकाशित: Nov 03, 2020| 01:44 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।