मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर

त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता बढेको बताएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता बढेको बताएका छन्। 

health

लोसपाका महिला नेतृहरुले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको जितियाको महत्व विषयक चर्चा एवं सांस्कृतिक कार्यक्रममा बोल्दै लोसपाका अध्यक्ष ठाकुरले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए। उनले भने, ‘संविधानको धारा ७६ मा स्पष्ट व्याख्या भएको भए अहिलेको जे अवस्था छ, त्यो श्रृजना हुने थिएन।’

देशमा राजनीतिक अस्थिरता कायम रहे पनि हामीले मधेशको समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइ सकेको उनले जानकारी दिए। हुन त देशमा गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन्त्रीलाई मधेशको मुद्दाको सवालमा जानकारी गराएको उनको कथन थियो। 

अन्तरिम संविधानमा दिइएका अधिकारहरु समेत वर्तमान संविधानले कटौती गरेकाले संविधान संशोधनको सवालमा लोसपा अडिग रहेको ठाकुरको भनाइ थियो। उनले भने, ‘संविधान संशोधन, मधेश आन्दोलनकारी माथि लगाइएको झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ।’

अहिले पनि मधेशी जनतामाथि नेपालमा विभेद कायमै रहेको बताउँदै ठाकुरले यो विभेदको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहने बताए।

'माओवादीले सशस्त्र संघर्ष गरेर सत्तासम्म पुग्यो, मन्त्री बने प्रधानमन्त्री बने,' ठाकुरले भने ‘माओवादीका कुनै नेतामाथि मुद्दा छैन तर मधेशी जनता आफ्नो अधिकारका लागि संघर्ष गर्दा दर्जनौँ आन्दोलनकारीमाथि मुद्दा लगाइएको छ, यो विभेद किन?’

प्रकाशित: Sep 26, 2021| 18:29 आइतबार, असोज १०, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।