आइतबार, असार २८, २०८३

बुन्डेलिगामा बायर्न र डर्टमुन्डको सहज जित

मट्स ह्युमेल्सको दुई गोलमा बोरुसिया डर्टमुन्डले बुन्डेलिगामा सहज जित निकालेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- मट्स ह्युमेल्सको दुई गोलमा बोरुसिया डर्टमुन्डले बुन्डेलिगामा सहज जित निकालेको छ। 

अर्मिनियाँको मैदानमा सम्पन्न खेलमा पाहुना टिम डर्टमुन्डले २-० गोलको जित निकालेको हो।

थोमस म्युनियरले ५३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै ह्युमेल्सले पहिलो गोल गरेका थिए। त्यस्तै, उनले नै ७१ औं मिनेटमा मार्कस रिउसले दिएको पासलाई गोलमा बदले।

पहिलो हाफमा गोल हुन नसेपछि डर्टमुन्डको दुवै गोल दोस्रो हाफमा सम्पन्न भएको थियो। जितसहित डर्टमुन्डले ६ खेलबाट १५ अंक बनाएको छ भने पराजित अर्मिनियाँ ४ अंकका साथ १४ औं स्थानमा छ।

बयर्नको जित

शनिबार राति नै सम्पन्न अर्को खेलमा बायर्न म्युनिकले घरेलु टिम कोल्नविरुद्ध २–१ गोलको जित निकालेको छ।

थोमस मुलर र सर्ज गनाब्रीको गोलमा बायर्नले जित निकालेको हो। उनीहरुले क्रमशः १३ औं मिनेटमा र पहिलो हाफको थप समयमा गोल गरेका थिए।

यता कोल्नका लागि डोमिनिक ड्रेक्जलरले ८२ औं मिनेटमा सान्त्वना गोल गरे।

छैटौं खेलमा पाँच जितसहित बायर्न १५ अंकका साथ शीर्षस्थानमा छ। ऊ समान १५ बनाएको डर्टमुन्डभन्दा गोल अन्तरको आधारमा माथी रहेको हो।

बायर्नसँग पराजित कोल्न पुछारबाट तेस्रो स्थानमा छ।

शनिबारनै सम्पन्न अन्य खेलमा साल्केले सुटरगार्टसँग १–१ गोलको बराबरी खेलेको छ। त्यस्तै, आउग्सबर्गले माइन्जविरुद्ध ३–१ गोलको जित निकालेको छ।
 

प्रकाशित: Nov 01, 2020| 01:35 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।