आइतबार, असार २८, २०८३

पीएसजीको जितमा एम्बाप्पेको गोल

 फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेविरुद्ध सहज जित निकालेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेविरुद्ध सहज जित निकालेको छ। 

नान्टेसको घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजीले ३–० गोलको सहज जित निकालेको हो।

जितका लागि एन्डर हेरेरा, केलियन एम्बाप्पे र पाबलो सरावियाले समान १–१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकाले पीएसजीको सबै गोल दोस्रो हाफमा मात्र सम्भव भयो।

खेलको ४७ औं मिनेटमा एम्बाप्पेले दिएको पासलाई सदुपयोग गर्दै हेरेराले गोल गरे। ६५ औं मिनेटमा एम्बाप्पेल पेनाल्टीमा गोल गरे भने ८८ औं मिनेटमा सराबियाले अन्तिम गोल गरे।

जितसँगै पीएसजी अंकतालिकाको शीर्षस्थानमा छ। उसले ९ खेलबाट २१ अंक बनाएको छ। 

दोस्रो स्थानमा रहेको लिल्लेले ८ खेलबाट १८ अंक जोडेको छ। गएरातिको खेलमा पराजित नान्टेस ८ अंक बटुल्दै १५ औं स्थानमा छ।
 

प्रकाशित: Nov 01, 2020| 01:37 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।