सोमबार, भदौ १५, २०८३

प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल)को खेलमा चेल्सीले बर्नलीविरुद्ध सहज जित निकालेको छ भने लिभरपुलले वेस्ट हामलाई पराजित गरेकाे छ ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग (ईपीएल)को खेलमा चेल्सीले बर्नलीविरुद्ध सहज जित निकालेको छ। बर्नलीको घरेलु मैदानमा पाहुना टिम चेल्सीले ३–० गोलको जित निकालेको हो।

चेल्सीका लागि हाकिमी जियाच, कुर्ट जोउमा र टिमो वेर्नरले गोल गरे। खेलको २६ औं मिनेटमा गोल गर्दै जियाचले सुरुवाती अग्रता बनाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो। यसपटक ६३ औं मिनेटमा जोउमाले गोल गरे भने ७० औं मिनेटमा वेर्नरले गोल गर्दै अग्रतालाई तीन गोलसम्म पुर्याए।

जितसहित १२ अंक जोडेका चेल्सी अंकतालिकाको चौथो स्थानमा छ। पराजित बर्नली एक अंकका साथ पुछारमा छ।

लिभरपुलको जित

शनिबार रातिनै सम्पन्न अर्को खेलमा मोहम्मद सलाह र डियोगो जोटाको गोलमा लिभरपुलले वेस्ट हामविरुद्ध जित निकालेको छ।
एनफिल्ड रंगशालामा सम्पन्न खेलमा घरेलु टिम लिभरपुलले २–१ गोलअन्तरको जित निकालेको हो।

लिभरपुल जितसहित शीर्षस्थानमा छ। उसले ७ खेलबाट १६ अंक बनाएको छ भने पराजित वेस्ट हाम ८ अंकका साथ १३ औं स्थानमा छ।
 

प्रकाशित: Nov 01, 2020| 01:19 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।