शुक्रबार, फागुन २९, २०८२

बेलायतमा दोस्रो पटक लकडाउन 

कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि बेलायतले दोस्रो पटक लकडाउन घोषणा गरेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि बेलायतले दोस्रो पटक लकडाउन घोषणा गरेको छ। 

National life

शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागू हुने गरी चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन्। यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो।

यो पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ। 

पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो।

Laxmi sunrise bank
kumari

आगामी डिसेम्बर २ तारिखपछि लकडाउन अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ।

प्रकाशित: Nov 01, 2020| 00:57 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।