मंगलबार, चैत ३, २०८२

फेरि बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेससँग बराबरी खेलेको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेससँग बराबरी खेलेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो।

National life

बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गरे भने अलाभेसका लुईस रिओजाले गोल गरे। एक गोलले पछि परेको अवस्थामा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यता खेलको ६२ औं मिनेटमा अलाभेसका जोटाले बार्सिलोनाका डिफेन्डर पिकमाथी फल गरेपछि उनी डबल यल्लो कार्ड खाँदै बाहिरिएका थिए।

१० खेलाडीमा सीमित अलाभेस दबाबमा आउनेबित्तिकै बार्सिलोनाले त्यसको उपयोग गर्दै गोल गरेको थियो। तर जित निकाल्न भने असफल रह्यो।

बरबरीसँगै बार्सिलोना ६ खेलबाट ८ अंक बनाएर १२ औं स्थानमा छ भने अलाभेस समान ८ अंकका साथ १३ औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

सिजनको सुखद सुरुवात गरेको बार्सिलोनाले दुई हार र दुई बरबरी खेलेको छ।

एट्लेटिको मड्रिडको जित

शनिबार राति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले ओसासुनाविरुद्ध उसकै घरेलु मैदानमा ३–१ गोलको सहज जित निकालेको छ।

जितका लागि जोआ फेलिक्सले दुई गोल गरे भने लुकास टोरियाले ८८ औं मिनेटमा अन्तिम गोल गरे।

यता ओसासुनाका एन्टे बुडिमिरले ८० औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसहित ७ खेलबाट १४ अंक बटुलेको एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा छ भने परातिज ओसासुना समान खेलबाट १० अंक बनाएर नवौं स्थानमा छ।
शनिबार राति नै सम्पन्न अर्को खेलमा सेभियले एथ्लेटिक क्लबसँग २–१ गोलको हार बेहोरेको छ।

प्रकाशित: Nov 01, 2020| 00:43 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।