आइतबार, असार २८, २०८३

आईपीएल प्लेअफमा हैदराबादको दाबेदारी बलियो

जितसहित हैदराबाद अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं– इन्डियन प्रिमिय लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले जित निकालेको छ। यूएईको शारजहा रंगशालामा सम्पन्न खेलमा हैदराबादले रोयल च्यालेन्सर्ज बैंगलोरलाई पाँच विकेटले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो। १२१ रनको लक्ष्यका साथै मैदान उत्रिएको हैदराबादले ३५ बल बाँकी रहँदै मात्र पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

जितका लागि हैदराबादका रिद्धिमान साहले ३९ रन बनाए भने मनिष पाण्डेले २६ रन बनाए। त्यस्तै, जेसन होल्डले अविजित २६ रन बनाए।

बैंगलोरका लागि युजवेन्द्र चहलले दुई विकेट गिराए भने इसुरु उडाना, नवदिप शैनी र वासिंटन सुन्दरले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङमा आएको बैंगलोरका जोस फिलिपले ३२ रन बनाए भने एबी डिबिलियर्सले २४ रन बनाए भने वासिंटन सुन्दर २१ रनमा आउट भए। गुरकिरत सिंहले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

हैदराबादका लागि सन्दिप शर्मा र जेसन होल्डरले समान २–२ विकेट लिए भने एक विकेट लिने खेलाडीमा टी नटराजन, शबाज नदिम र राशिद खान रहे।

जितसहित हैदराबाद अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले बाँकी एक खेल पनि जितेको अवस्थामा शीर्ष चारमा पर्ने सम्भावना बलियो भएको छ।

यता खेल बाँकी रहँदा पञ्जाब, राजस्था र कोलकत्ता पनि समान १२ अंकका साथ प्ले अफका लडाईमा कायमै छन्।

चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
 

प्रकाशित: Oct 31, 2020| 23:38 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।