सोमबार, भदौ १५, २०८३

बेन्जेमाकाे गोलमा रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगको शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले ह्वेस्काविरुद्ध सहज जित निकालेको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं – स्पेनिस ला लिगको शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले ह्वेस्काविरुद्ध सहज जित निकालेको छ। 

रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ४–१ गोलको जित निकालेको हो।

जितका लागि रियलका करिम बेन्जेमाले दुई गोल गरे भने इडेन हजार्ड र फेडेरिको वलवर्डेले एक–एक गोल गरे। 

खेलको ४० औं मिनेटमा वलवर्डेले दिएको पास सदुपयोग गर्दै रियलका हजार्डले पहिलो गोल गरे।

त्यसको पाँच मिनेटलगत्तै स्ट्राइकल बेन्जेमाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। उनलाई लुकार भाज्क्वेसले पास उपलब्ध गराएका थिए। 

बेन्जेमाको गोलसँगै पहिलो हाफमै रियलले दुई गोलको अग्रता बनायो। 

दोस्रो हाफमा पनि रियलले दुई गोल थप्यो। ५४ औं मिनेटमा बेन्जेमाले दिएको पासलाई वलवर्डेले गोलमा बदले भने अन्तिम मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे। उनका लागि रोड्रिगोले पास उपलब्ध गराएका थिए।

यसबीच ७४ औं मिनेटमा ह्वेस्काका डेबड फेर्रेइरोले सान्त्वना गोल गरे। बेन्जेमाको दोस्रो गोलसँगै रियलले ४–१ गोलअन्तरले खेल जित्यो।
जितसँगै १६ अंक बनाएको रियल मड्रिड ला लिगको शीर्षस्थानमा छ भने पराजित ह्वेस्का पाँच अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 31, 2020| 15:25 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।