मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एक खेल जिते प्लेअफमा पुग्ने अवस्थामा रहेको दिल्लीको लगतार चौथो हार

एक खेल जिते प्लेअफमा पुग्ने अवस्थामा रहेको दिल्लीको लगतार चौथो हार

तीन खेल हारेर प्लेअफमा कमजोर बन्दै गएको दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा ९ विकेटले पराजित भएको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं- तीन खेल हारेर प्लेअफमा कमजोर बन्दै गएको दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा ९ विकेटले पराजित भएको छ।

National life

टस हारेर ब्याटिङ सम्हालेको दिल्लीले मुम्बई इन्डियन्सविरुद्ध पहिलो ओभरमै विकेट गुमाएर कमजोर सुरुवात गर्‍याे। उसले ९ विकेटको क्षतिमा पुरा ओभर खेल्दै जम्मा ११० रन मात्र बनाउन सक्यो।

१११ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको मुम्बईले मात्र एक विकेटको क्षतिमा १४.२ ओभर खेल्दै लक्ष्य पुरा गर्‍याे।

मुम्बईको जितका लागि इशान किसनले अविजित ७२ रन बनाए भने सूर्यकुमार यादव १२ रनमा नट आउट रहे। ओपनर क्विन्टन डि कक भने २६ रनमा बाहिरिए।

मुम्बईको एक विकेट दिल्लीका एनरिच नोर्तजेको नाममा रह्यो।

Laxmi sunrise bank
kumari

त्यसअघि ब्याटिङमा आएको दिल्लीका कप्तान श्रेयस अयरले २५, ऋषभ पन्तले २१ रन बनाए भने कागिसो रबडा र रविचन्द्र आश्विनले समान १२ रन बनाए।

उत्कृष्ट प्रदर्शन गरेको मुम्बईका ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले ३–३ विकेट लिए भने कोउल्टर निल र राहुल चहरले १–१ विकेट लिए।

लगातार चार खेलमा हार बेहोरेको दिल्ली अंकतालिका र नेट रन रेटमा कमजोर बन्दै गएको छ। एक खेल बाँकी रहँदा तेस्रो स्थानमा रहे पनि आउँदो खेल जित्नै पर्ने दबाब दिल्लीलाई छ। उसले एक खेल जित्न सके प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

दिल्ली १३ खेलबाट ७ जितका साथ तेस्रो स्थानमा छ भने विजेता मुम्बई १८ अंकका साथ शीर्षस्थानमा छ। मुम्बई दुई खेल अगाबै प्लेअफमा पुगिसकेको छ।

यदि दिल्लीले आगामी खेलमा हार बेहोरेर पञ्जाब र हैदराबादले बाँकी खेल जितेको अवस्थामा दिल्लीको प्लेअफ यात्रामा पुर्णविराम लाग्न सक्नेछ।

पौने ८ बजे सुरु हुने शनिबारको दोस्रो खेलमा बैंगलोरले हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ। अंकतालिकामा बैंगलोर दोस्रो स्थानमा छ भने हैदराबाद सातौं स्थानमा छ।

प्रकाशित: Oct 31, 2020| 13:45 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।