शुक्रबार, फागुन २९, २०८२

बेलायतमा फेरि लकडाउनको तयारी

बेलायतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर खतरनाक अवस्थामा पुगेपछि पुनः लकडाउनको तयारी गरिएको छ। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं- बेलायतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर खतरनाक अवस्थामा पुगेपछि पुनः लकडाउनको तयारी गरिएको छ। 

National life

प्रधानमन्त्री बोरिस जोनसनले पुनः लकडाउनको तयारी भइरहेको बताएका छन्। आगामी क्रिशमससम्म अवस्था सामान्य बनाएर लकडाउने खोल्ने गरी पुनः लकडाउनको तयारी गरिएको हो। 

पर्सि सोमबार दोस्रो पटक लकडाउन घोषणा गर्ने तयारी भइरहेको बीबीसीले जनाएको छ। सरकारले दोस्रो चरणको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालय भने बन्द नगर्ने योजना बनाएको छ। 

कोरोना भाइरसको महामारी रोक्नका लागि आवश्यक प्रतिबन्धहरु नलगाए पहिलो चरण भन्दा खतरनाक अवस्था आउने भन्दै प्रतिबन्धको तयारी गरिएको हो। 

संक्रमण रोकथामका लागि पुनः लकडाउन नगरिएको दैनिक मृत्यु हुनेको संख्या ४ हजारसम्म पुग्ने प्रक्षपण गरिएको छ। यसअघि बेलायतमा दैनिक मृत्यु हुनेको संख्या १ हजारसम्म पुगेको थियो। 

Laxmi sunrise bank
kumari

बेलायतलगायत युरोपभर कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ। जसका कारण जर्मनी, बेल्जियम र फ्रान्सले थुप्रै क्षेत्रमा प्रतिबन्ध घोषणा गरिसकेका छन्। 

बेलायतमा अवस्था खराब हुँदै जाने हो भने आगामी हिउँदमा मात्रै ८० हजारभन्दा बढीको मृत्यु हुने आंकलन गरिएको छ।
 

प्रकाशित: Oct 31, 2020| 12:13 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।