मंगलबार, चैत ३, २०८२

सन्दीपसहित आईपीएलका ४३ खेलाडी बेञ्चमै

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं– हरेक क्रिकेटरको सपना हो, आईपीएल। विश्वकै महँगो र चर्चित लिग आईपीएलमा खेल्न पाउनु खेलाडीको लागि ठूलो अवसर हो। विश्वस्तरका खेलाडीको जमघट हुने आईपीएलमा अनुबन्धित हुन पाउनु ठूलै उपलब्धि हो। 

National life

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा। जारी आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि छन्। उनलाई दिल्ली क्यापिटल्सले अनुबन्धित गरेको हो।

तर, आईपीएलमा ५० वटा खेल सकिँदा पनि सन्दीप प्लेइङ सेटमा परेका छैनन्। सन्दीपजस्ता ४३ खेलाडी छन् आईपीएलमा, जो अहिलेसम्म बेन्चमै सीमित छन्। 

साविक उपविजेता चेन्नई सुपर किंग्सका दुई खेलाडी पनि खेलविहीन छन्। उनीहरुले आइतबार (भोलि)को खेलमा चान्स पाउन सक्नेछन्।

चार खेल अगावै प्रतियोगिताबाट बाहिरिएकोे चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले यसअघि नै आउँदो सिजनको लागि खेलाडी तयार गर्ने बताउँदै आएका छन्।

Laxmi sunrise bank
kumari

चेन्नईका एम असिफ र आर साइ किसोरले अवसर नपाइरहँदा अबको खेलमा उनीहरुले अवसर पाउन सक्नेछन्।

त्यस्तै अर्का युवा खेलाडी मोनु कुमारले पनि एक खेलमा मात्र अवसर पाएका छन्। तर उनले उक्त खेलमा फिल्डिङबाहेक अन्य अवसर पाउन सकेनन्। चेन्नईका ब्याट्सम्यान सुरेश रैना र स्पिनर्स हरभजन सिंह जारी सिजनमा उपस्थित हुन नसकेका कारण क्लबले धेरै नयाँ प्रयोग गरेको थियो। जसमा ऊ असफल बन्यो र अंकतालिकाको पुछारमा रह्यो।

सन्दीपसँगै दिल्ली क्यापिटल्सका प्रविन दुवे, ललित यादव र किमो पाउलोले पनि खेलमा मौका पाएका छैनन्। दिल्लीका चार खेलाडी अहिलेसम्म खेलमा देखिएका छैनन्।

यसबाहेक इशान्त शर्मा, डेनियल साम्स, मोहित शर्मा र अवेश खानले एक–एक खेलमा मात्र अवसर पाएका छन्। पञ्जाबका इसान पोरेल, तजिन्दर सिंह, दर्शन नलकाण्ड, जगदिशा सुचित र हार्डस विल्जोइन गरी पाँच खेलाडी खेलविहीन छन्। यसबाहेक हरप्रित ब्रअरले भने शुक्रबार रातिको खेलमा पहिलो अवसर पाएका थिए। तर उक्त खेलमा उनी रनविहीन र विकेटविहीन थिए।

आईपीएल अंकतालिकाको छैटौं स्थानमा रहेको कोलकाता नाइट राइडर्सका चार खेलाडी खेलविहीन छन्। अली खान, टिम सेफर्ट, सिद्धेश लाड र मनिमरण सिद्धार्थले पनि खेल्न पाएका छैनन्।

कोलकाताबाट एक खेलमा अवसर पाएका रिंकू सिंहले ११ रन बनाए भने समान एकै खेलमा अवसर पाएका सन्दिप वारियर र क्रिस ग्रिन रनविहिन, विकेटविहीन छन्।

एक खेल खेलेका निखिल नैकले भने एक रन जोडेका छन्।

आईपीएलमा सबैभन्दा बलियो मानिएको टिम मुम्बई इन्डियन्सबाट बेञ्चमा सीमित खेलाडीको संख्या सबैभन्दा धेरै छ। मुम्बईका ११ खेलाडी अहिलेसम्म बेञ्चमै सीमित छन्।

दिग्विजय देशमुख, आदित्य तारे, धवल कुलकर्णी, जयन्त यादव, क्रिस ल्यान, सेर्फन रुदरफोर्ड, अन्माोलप्रित सिंह, मोहसिन खान, माइकल म्याक्लिनघन, प्रिन्स बलबन्त राय सिंह र अन्कुल रोय छन्।

यसबाहेक सबै खेलाडीलले एकभन्दा धेरै खेलमा अवसर पाएका छन्।

धेरै युवा खेलाडीलाई अवसर दिएको राजस्थान रोयल्सका पनि सात खेलाडी अहिलेसम्म बेञ्चमै सीमित छन्।

मयंक मार्कण्डेय, ओशाने थोमस, अनुज रावत, आकाश सिंह, मोहन वोहरा, शशांक सिंह र अनिरुद्ध जोशीले अहिलेसम्म अवसर नै पाएनन्।

दुई खेलमा अवसर पाएका वरुण जोशीले एक रनमात्र जोडे भने एक खेलमै देखिएका डेबिड मिल्नरले खाता खोल्न सकेका छैनन्। त्यस्तै एक खेल खेलेका एन्ड्रिउ टाइले ६ र एक विकेट गिराएका छन्।

थोरै खेलाडीलाई बेञ्चमा राख्ने टिम रोयल च्यालेन्जर्स बैंगलोर पनि हो। उसले अहिलेसम्म तीन खेलाडीमात्र बेञ्चमा राखेको छ। जसमा पृथ्वी पटेल, पवन नेगी र पवन देशपाण्डे छन्।

त्यस्तै, एक खेलमा मात्र अवसर पाएका खेलाडी शहबाज अहमद हुन्।

हैदराबादका पनि अहिलेसम्म ७ खेलाडी बेञ्चमा छन्। संजय यादव, श्रीवाट्स गोस्वामी, फाबियन एलेन, बिली सट्न्लेक, सन्दिप बवानाका, विराट सिंह र पृथ्वी राज यार्रा छन्।

त्यस्तै, सिद्धार्थ कौल, बसिल टाम्पी, मोहम्मद नाबी र माइकल मर्शले एक खेलमा मात्र अवसर पाएका छन्। उनीहरुको योगदान पनि सम्झनलायक छैन।

आईपीएलको लिग चरणमा अब ६ खेलमात्र बाँकी छन्। चार टिमको एक खेल बाँकी छ भने बाँकी चार टिमको दुई खेल बाँकी छ।

यसकारण सबै टिम दबाबपूर्ण अवस्थामा भएकाले बेञ्चका खेलाडीले अवसर पाउने सम्भावना ज्यादै कम छ। शीर्ष चारका लागि पनि टपमा रहन प्रतिस्पर्धा हुने छ भने बाँकी टिमका लागि शीर्ष चारमा पर्न दबाब रहनेछ।

तर बाहिरिसकेको चेन्नईले भने नयाँ खेलाडीलाई अवसर दिन सक्नेछ।
 

प्रकाशित: Oct 31, 2020| 09:35 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।