मंगलबार, चैत ३, २०८२

९९ रन बनाएर आउट हुँदा ब्याट फालेका गेललाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा नियमविपरित काम गरेको भन्दै आईपीएलले ब्याट्स्मेन क्रिस गेललाई कारबाही गरेको छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा नियमविपरित काम गरेको भन्दै आईपीएलले ब्याट्स्मेन क्रिस गेललाई कारबाही गरेको छ।

National life

उनले मैदानबाट बाहिरिने क्रममा आक्रोशित हुँदै ब्याट फालेपछि आईपीएलले कारबाही गरेको हो।

किंग्स इलाभेन पन्जाबका ब्याट्स्मेन गेलले राजस्थान रोयल्सविरुद्धको खेलमा ६३ बलबाट ८ छक्का र ६ चौका प्रहार गर्दै ९९ रन बनाएका थिए।

सो खेलमा उनले टी-२० क्रिकेटमा एक हजार छक्काको कोशेढुंगा पूरा गरेका थिए। गेल टी-२० मा हजार छक्का हाने विश्वकै एक्ला खेलाडी हुन्।

शुक्रबार राति सम्पन्न खेलको अन्तिम ओभरमा आउट भएपछि उनले हातमा भएको ब्याटलाई झट्कारेर फालेका थिए।

Laxmi sunrise bank
kumari

उनको व्यवहारलाई लिएर आईपीएल आचारसंहिताअनुसार म्याच फिको १० प्रतिशत जरिवाना गरिएको आईपीएलले एक सूचनामा लेखेको छ।

उनलाई अन्तिम ओभरको चौथो बलमा जोफ्रा आर्चरले आउट गराएका थिए। यससँगै उनी जारी सिजनमा पहिलो शतक बनाउनबाट १ रनले चुकेका छन्।

अबुधाबीमा सम्पन्न उक्त खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबमाथि ७ विकेटको जित निकालेको थियो।

टस हारेर ब्याटिङमा आएको पञ्जाबले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्यका साथ मैदान पसेको राजस्थान रोयल्सले १७.३ ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएर खेल जित्यो।

यसअघि मुम्बईका ईशान किसनले पनि ९९ रन बनाएका थिए।
 

प्रकाशित: Oct 31, 2020| 09:05 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।