आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दिल्ली र बैंगलोरको नजर प्लेअफमा, हैदराबाद पनि शीर्ष चारको दाउमा

दिल्ली र बैंगलोरको नजर प्लेअफमा, हैदराबाद पनि शीर्ष चारको दाउमा

दिल्ली आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ भने मुम्बई शीर्षस्थानमा राम्रो पकड बनाउन चाहन्छ।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन। आज दिउँसो पौने ४ बजे सुरु हुने पहिलो खेलमा प्लेअफमा पुगिसकेको मुम्बईले दिल्ली क्यापिटलको सामना गर्नेछ।

दिल्ली आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ भने मुम्बई शीर्षस्थानमा राम्रो पकड बनाउन चाहन्छ। मुम्बई अंकतालिकाको शीर्षस्थानमा छ भने दिल्ली तेस्रो स्थानमा छ।

आईपीएल इतिहास हेर्दा दिल्ली मुम्बईभन्दा कमजोर टिम हो। दिल्लीले अहिलेसम्म फाइनलमा स्थान पक्का गर्न सकेको छैन भने डिफेन्डिङ च्याम्पियन मुम्बई चार पटकको विजेता हो।

यि दुई टिमबीच भएका २५ खेलमा मुम्बईले १३ जित निकालेको छ भने दिल्लीले १२ खेलमा जितेको छ। यो सिजनमो पहिलो खेलमा भने मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको थियो। 

यता जारी सिजनमा लगातार तीन खेल हारेको दिल्ली आजको खेलबाट जितको लयमा फर्कन चाहन्छ। लगातारको हारले दिल्लीलाई नेट रन रेटमा घाटा लागेको छ भने पुछारतिका टिमले जित निकाल्दै गएपछि उसलाई प्लेअफका लागि समस्या भएको छ।

सम्भावित प्लेइङ सेटः

दिल्लीः श्रेयस अयर, ऋषभ पन्त, पृथ्वी श, शिखर धवन, शिमरन हेट्मेयर, मार्कस स्टोइनिस, अक्षर पटेल, गाकिसो रबाडा, एनरिच नोर्तजे, रविचन्द्र अश्विन, हर्षल पटेल

मुम्बईः रोहित शर्मा, विंन्टन डिकक, ईशान किसन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, क्रुणल पाण्ड्या, किरोन पोलार्ड, जसप्रित बुमराह, राहुल चहर, जेम्स पटिन्सन्, ट्रेन्ट बोल्ट

दोस्रो खेलमा बैंगलोर र हैदराबाद

आजै राति पौने ८ बजे हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्नेछ। शुक्रबार रातिको खेलमा चौथो स्थानको पञ्जाबले राजस्थानसँग हार बेहोरेसँगै हैदराबादलाई प्ले अफमा पुग्नका लागि सहज भएको छ।

हैदराबादको नेट रन रेट शीर्ष चारमा पुग्नका लागि सहयोगी बन्न सक्नेछ। त्यसैले आजको खेलमा हैदराबाद जितका लक्ष्यका साथ मैदान उत्रने छ।

हैदराबादलाई आजको खेल जित्नैपर्ने दबाब पनि छ। आजको खेलमा जित निकाल्न नसेके उसको अगाडिको यात्रा अन्य क्लबको अंकमा निर्भर रहनेछ।

यता बैंगलोर पनि शीर्षस्थानको लागि प्रत्यासी छ। बाँकी दुवै खेल जित्दै माथि उक्लन चाहन्छ। मुम्बईले दुवै खेल जितेमा बैंगलोरको त्यो इच्छा पूरा नहुने भए पनि उसले आफ्नो तर्फबाट कोसिस जारी राख्नेछ।

शीर्षस्थान वा दोस्रो स्थानमा टिक्न सके फाइनल यात्रामा केही सहज हुने भएकाले बैंगलोर पनि जितको लक्ष्यका साथै मैदामा उत्रने छ।

आईपीएल इतिहासमा यी दुई टिमले १६ खेल खेलेका छन्। जसमा ७ खेल बैंगलोरले जितेको छ भने ८ खेल हैदराबादले। एक खेलमा नजिता निस्किएको थिएन्।

सम्भावित प्लेइङ सेट

बैंगलोरः विराट कोहली, एबी डिबिलियर्स, देवदत्त पोडिक्कल, जोश फिलिप, गुरकिरत सिंह मान, शिवम् दुवे, क्रिस मोरिसन, वाशिंटन सुन्दर, डेल स्टेन, मोहम्मद सिराज, युजवेन्द्र चहल

हैदराबादः डेबिड वार्नर, ऋद्धिमान साहा, मनिष पाण्डे, केन विलियम्सन, अब्दुल समद, विजय शंकर, राशिद खान, जेसन होल्डर, सन्दिप शर्मा, टी नटराजन, शाहबान नदिम

प्रकाशित: Oct 31, 2020| 08:12 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।