मंगलबार, चैत ३, २०८२

पञ्जाबलाई हराउँदै राजस्थान प्लेअफको यात्रामा कायमै

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। अबुधाबीमा सम्पन्न खेलमा रोयल्सले किंग्स इलेवेन पाञ्जाबमाथि ७ विकेटको जित निकालेको हो।
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। अबुधाबीमा सम्पन्न खेलमा रोयल्सले किंग्स इलेवेन पाञ्जाबमाथि ७ विकेटको जित निकालेको हो।

National life

टस हारेर ब्याटिङमा आएको पञ्जाबले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्यका साथ मैदान पसेको राजस्थान रोयल्सले १७.३ ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएर खेल जितेको थियो।

पहिलो ओभरमा ब्याटिङ सम्हालेको पञ्जाबका ब्याट्स्मेन क्रिस गेलले ९९ रनको पारी खेले उनलाई अन्तिम ओभरको चौथो बलमा जोफ्रा आर्चरले आउट गरेपछि सतक बनाउन एक रनले चुकेका थिए।

उनले ६३ बलमा ८ छक्का र ६ चौकाका साथ ९९ रन जोडेका हुन्। साथै उनी टी–२० क्रिकेटमा एक हजार छक्का हान्ने विश्वकै एकमात्र खेलाडीसमेत बनेका छन्।
उनका साथै कप्तान केएल राहुलले ४६ रन जोडे भने निकोलस पुरनले २२ रनको योगदान दिए।

यता बलिङ रोजेको राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले समान २–२ विकेट लिए।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा आएको राजस्थानका बेन स्टोक्सले २६ बलमा ५० रन बनाए भने रोबिन उथप्पाले ३० रन बनाएर आउट भए। त्यस्तै सन्जू समसनले  ४८ रन बनाए भने कप्तान स्टिभ स्मिथले ३१ रन र जस बटलरले २२ रन बनाए।

यता पञ्जाबका लागि क्रिस जोर्डनले दुइै र मुरुगन अश्विनले एक विकेट लिए।

जितसहित १२ अंक बनाएको राजस्थान अंकतालिकाको पाँचौ स्थानमा छ। समान १२ अंक बनाएका पञ्जाब र कोलकत्ता चौथो र छैटौंस्थानमा छ।
 

प्रकाशित: Oct 31, 2020| 01:02 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।