आइतबार, असार २८, २०८३

सहिद रंगशालामा मंसिरभित्र फ्लड लाइट जडान हुने 

सहिद रंगशाला विराटनगरमा आगामी मंसिरभित्रमा फ्लड लाइट जडान सकिने भएको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

विराटनगर- सहिद रंगशाला विराटनगरमा आगामी मंसिरभित्रमा फ्लड लाइट जडान सकिने भएको छ।

फ्लड लाइट जडानका लागि आवश्यक निर्माण सामाग्री आइसकेकाले मंसिरभित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्तभित्रमा काम सकिने बताए।   

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो।

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए।  

नेपाल र भारतको सीमा सीलको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभीका प्रोपाईटर गणेश कार्कीले बताए।

भारतको गुजरातमा बनेको लाईट जडानका लागि आवश्यक दक्ष कामदार आउन बाँकी रहेको कार्कीले बताए।

कार्कीकाअनुसार मैदानको चार कुनामा जडान हुने १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्व लाग्नेछन्। 

सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयामा सम्झौता भएको छ। पहिलो सम्झौताअनुसार २ सय १० दिनभित्र लाइट जडान भइसक्नुपर्ने थियो। 

मैदानको प्याराफिट अगाडिबाट लाइट जडान हुनेप्रति खेलकुदका पदाधिकारी भने असन्तुष्ट छन्। 
 

प्रकाशित: Oct 30, 2020| 13:40 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।