आइतबार, असार २८, २०८३

प्लेअफका लागि राजस्थानलाई अन्तिम अवसर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार राति पौने ८ बजे ५० औं खेल हुँदैछ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार राति पौने ८ बजे ५० औं खेल हुँदैछ। आजको खेलमा किंग्स इलेवेन पञ्जाबले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

आजको खेलबाट राजस्थान पराजित भएमा ऊ आईपीएलको जारी सिजनबाट बाहिरिने दोस्रो टिम हुनेछ। चेन्नई सुपर किंग्स यसअघि नै बाहिरिसकेको छ।

अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको टिमलाई पञ्जाबले हराउन सके पञ्जाबको प्लेअफ यात्रा सहज हुनेछ।

चौथो स्थानमा रहेको पञ्जाबलाई पनि प्लेअफका लागि ऊपछिका तीन टिमको दबाब छ। यस्तो अवस्थामा पञ्जाब आजको खेल जित्दै स्थान सुरक्षित गर्ने दाउमा हुनेछ।

यी दुई टिमबीच भएको आईपीएलको पछिल्लो खेलमा पञ्जाबविरुद्ध राजस्थानले ऐतिहासिक जित निकालेको थियो। उसले इतिहासकै सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो। उक्त खेलमा पञ्जाबले २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो।

जवाफी ब्याटिङमा आएको राजस्थानले तीन बल बाँकी रहँदै लक्ष्य भेट्टाएर खेल जितेको थियो। आईपीएलमा अनिश्चित प्रदर्शन गरिरहेको राजस्थान र पछिल्लो पाँच खेलमा लगातार जित निकालेको पञ्जाब आजको खेलमा प्लेअफको एकै लक्ष्यका साथ भिड्दैछन्।

यी दुई टिमबीचको इतिहास हेर्ने हो भने आपसमा २० खेल खेलेका छन्। जसमा ९ खेल पञ्जाबले जितेको छ भने ११ खेलमा राजस्थानले कब्जा जमाएको छ।

हेड टु हेडमा बलियो देखिएको राजस्थान जारी सिजनमा भने कमजोर छ। तर उसको अनिश्चित प्रतियोगी भावना आजको खेलमा नायक बन्न सक्नेछ। त्यस्तै, लगातारको जितले पञ्जाबलाई ‘विनिङ वे’ प्रदान गरेको छ।

पञ्जाबका केएल राहुल र मयंक अग्रवाल सानदार फर्ममा छन्। उनीहरुले क्रमशः ५९५ र ३९८ रन बनाएका छन्। दुवै खेलाडीले सतक पनि प्रहार गरेका छन्। यता राजस्थानका लागि भने सन्जु समसन र स्टिव स्मिथलाई खेलको प्रमुख जिम्मेवारी रहनेछ।

पञ्जाबका मोहम्मद शामी र राजस्थानका जोफ्रा आर्चर उत्कृष्ट प्रदर्शन गरिरहेका बलर हुन्। आईपीएलमा समान २ खेल बाँकी रहेको पञ्जाबको १२ अंक छ। उसले अधिकतम १६ अंक बनाउन सक्नेछ। त्यस्तै १० अंक रहेको राजस्थानले अधिकतम १४ अंक बनाउन सक्नेछ।

खेलको समयमा अबुधाबीको मौसम सफा रहनेछ भने तापक्रम २३ देखि ३२ डिग्री सेल्सियसबीच हुनेछ।

सम्भावित प्लेइङ सेट

पञ्जाबः केएल राहुल (कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, मनदिप सिंह, क्रिस गेल, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन, मोहम्मद शामी, अर्शदिप सिंह, मुरुगन अश्विन, रवि विश्नोई

राजस्थानः स्टिव स्मिथ (कप्तान), सन्जू समसन, जोस बटलर, रविन उथप्पा, रियान पराग, बेन स्टोक्स, राहुत तेबतिया, श्रेयस गोपाल, अंकित राजपुत, जोफ्रा आर्चर, कार्तिक त्यागी
 

प्रकाशित: Oct 30, 2020| 10:58 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।