शुक्रबार, फागुन २९, २०८२

यी हुन् कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित पाँच मुलुक 

कोरोनाका कारण अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

न्युयोर्क–  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमितको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ। 

National life

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर चार करोड ५० लाख १८ हजार ३५४ जना संक्रमित भएका छन्।

कोरोनाका कारण अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणमा जनाइएको छ। 

संक्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौंमा फ्रान्स रहेका छन् । 

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना संक्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ।  

Laxmi sunrise bank
kumari

भारतमा ८० लाख ८८ हजार ८५१ जना संक्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ। 

ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ। 

रुसमा १५ लाख ९९ हजार ९७६ जना संक्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ। 

कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ छ।

अहिले पनि संक्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड १० लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम छ। रासस/एएनआई

प्रकाशित: Oct 30, 2020| 09:04 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।