आइतबार, असार २८, २०८३

आर्सनलको सहज जित, टोटेनहमको पहिलो हार

प्रिमियर क्लब आर्सनलले युरोपा लिगमा लगातार दोस्रो जित निकालेको छ।
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं– प्रिमियर क्लब आर्सनलले युरोपा लिगमा लगातार दोस्रो जित निकालेको छ।

उसले घरेलु मैदानमा डुन्डल्कलाई ३–० गोलले हराउँदै सहज जित निकालेको हो।

आर्सनलको जितका लागि एड्डी एनकेटी, जेय विलोक र निकोलस पेपेले समान १–१ गोल गरे। 

तीन गोलको अग्रतासहित जित निकालेको आर्सनल छ अंकसहित समूह बीको शीर्षस्थानमा छ।

समान ६ अंकका साथ नेर्वेजियन क्लब मोल्डे दोस्रो स्थानमा छ। यता पराजित डुन्डल्क भने पुछारमा छ।

त्यस्तै बिहीबार राति नै सम्पन्न अर्को खेलमा टोटेनहम १–० गोअन्तरले एन्टवेर्पको मैदानमा पराजित भएको छ।

जितसहित सुदख सुरुवात गरेको टोटेनहमले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो। 

यता एन्टवेर्पको जितका लागि लिओर रोफेलोवले २९ औं मिनेटमा निर्णायक गोल गरे।

एन्टवेर्प दोस्रो जितसहित छ अंक बनाएर समूह जेका शीर्षस्थानमा छ भने टोटेनहम तीन अंकसहित दोस्रो स्थानमा छ।

युरोपा लिगमा बिहीबार राति नै सम्पन्न अन्य खेलहरूमा होफेन्हाइमले जेन्टलाई ४–१ गोलअन्तरले हराएको छ। 

त्यस्तै इटालियन क्लब रोमा सोफियासँग गोलरहित बराबरीमा रोकिएको छ।
 

प्रकाशित: Oct 30, 2020| 02:06 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।