मंगलबार, चैत ३, २०८२

युरोपा लिगमा मिलान र नापोलीको जित

यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले सहज जित निकालेको छ। 
 |  शुक्रबार, कात्तिक १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं- यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले सहज जित निकालेको छ। 

National life

मिलानको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम स्पार्टा प्रागलाई ३–० गोलअन्तरले हराएको हो।

मिलानको जितका लागि ब्राहिम डियाज, राफेल लेय र डिओगो डलोटले समान १–१ गोल गरे। 

यता प्रतिस्पर्धि स्पार्टाले भने गोल गर्न सकेन। जितसहित ६ अंक बनाएको मिलान समूह एचको शीर्षस्थानमा छ भने स्पार्टा पुछारमा छ।

सोही समूह अन्तर्गतको अर्को खेलमा लिल्लेले सेन्टिकसँग २–२ गोलको बरबरी खेल्दै अंक बाँडेको छ।

Laxmi sunrise bank
kumari

नापोलीको संघषपूर्ण जित
बिहीबार राति सम्पन्न अर्को खेलमा १० खेलाडीमा सिमित नापोलीले रियल सोसिडाडमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।

नापोलीको जितका लागि ५५ औं मिनेटमा मट्टेयो पोलिटानोले निर्णायक गोल गरे। त्यस्तै, खेलको इन्ज्युरी समयमा नोपोलीका भिक्टर ओसिम्हेन रोड कार्ड खाँदै बाहिरिएका थिए।

युरोपा लिगमा पहिलो जित निकाल्दै नापोली समूह एचको दोस्रो स्थानमा छ भने पराजित सोसिडाड समान ३ अंकका साथ तेस्रो स्थानमा छ।

समूहको शीर्षस्थानमा रहेको एजेट अल्कमारले गएरातिको खेलमा रिजेकालाई ४–१ गोलले हराएको थियो। अल्कमार ६ अंकका साथ समूहको शीर्षस्थानमा छ भने पराजित रिजेका पुछारमा छ।
 

प्रकाशित: Oct 30, 2020| 01:53 शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।