आइतबार, असार २८, २०८३

कोलकाताको प्लेअफ यात्रामा चेन्नईको धक्का

जितसहित चेन्नईले १० अंक बनाएको छ भने १२ अंकका साथ कोलकाता पाँचौैं स्थानमा यथावत् छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा चेन्नईले ६ विकेटको जित हात पारेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पाँच विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको चेन्नईले चार विकेटको क्षतिमा पूरा ओभर खेल्दै लक्ष्य पूरा गरेको थियो।

पहिलो इनिङमा ब्याटिङ सम्हालेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रनको अर्धशतकिय पारी खेले। उनले चार छक्का र १० चौकाको मद्दतमा सो रन बनाएका थिए।

त्यस्तै शुभमन गिलले २६ रन, रिन्कु सिंहले ११ रन, कप्तान इयोन मोर्गनलले १५ रन र दिनेश कार्तिकाले अविजित २१ रन बनाए।

यता चेन्नईका लागि निगिदीले दुई विकेट लिए भने माइकल सन्तनर, रविन्द्र जाडेजा र कर्न शर्माले समान १–१ विकेट लिए।

१७३ रनको लक्ष्यका साथ मैदान पसेको चेन्नईका लागि शेन वाट्सन १४ रन बनाउँदै आउट भए। उनीसँगै मैदान पसेका रितुराज गायक्वडले ७२ रनको अर्धसतकिय पारी खेले।

त्यस्तै अम्बाती रायडूले ३८ रन बनाउँदा कप्तान मेन्द्रसिंह धोनी एक रन बनाउँदै आउट भए। अन्तिममा रविन्द्र जाडेजा ३१ रनमा नट आउट भए।

कोलकाताका लागि पट कमिन्स र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए।

जितसहित चेन्नईले १० अंक बनाएको छ भने १२ अंकका साथ कोलकाता पाँचौैं स्थानमा यथावत् छ। आजको हारसँगै कोलकाताको प्लेअफ यात्रामा लगभग पूर्णविराम लागेको छ।

पञ्जाबले बाँकी दुवै खेल जितेमा उसको आईपीएल यात्रा लिग चरणमै सकिने छ। अंक तालिकाको हिसाबले शीर्ष चार टिमसँग भेट्ने देखाए पनि नेट रन रेटले उसलाई बाधा गर्नेछ।
 

प्रकाशित: Oct 29, 2020| 23:29 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।