आइतबार, असार २८, २०८३

बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि फुटबल टिमको अभ्यास सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गरेको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गरेको छ।

बंगलादेशसँग मैत्रीपूर्ण खेलको तयारीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास सुरु भएको हो।

दुई देशबीच कात्तिक २७ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदै छ। 

नेपालका प्रशिक्षक योहान कालिन स्विडेनमै रहेकाले एन्फाले बालगोपाल महर्जन मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ भने किरण श्रेष्ठ सहायक प्रशिक्षक रहेका छन्। त्यस्तै गोलकिपर प्रशिक्षकका रुपमा विकास मल्ल छन्।

नेपाली राष्ट्रिय खेलाडीको गत बुधबार संकलन गरिएको स्वाबमा चार खेलाडी कोरोना पोजेटिभ पाइएपछि उनीहरु अहिले आइसोलेनसमा छन्। ३४ खेलाडीमध्ये ३० खेलाडी राष्ट्रिय टिमको क्याम्पमा सहभागी भएका थिए।

२०७२ सालको भूकम्पपछि नेपाली राष्ट्रिय टोलीका खेलाडीले पहिलोपटक दशरथ रंगशालामा अभ्यास गरेका हुन्। रंगशालामा नेपाली सिनियर खेलाडीले अन्तिम खेल २०१५ मा विश्वकप क्वालिफायरको खेल खेलेको थियो।

यता फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त क्वालिफायरका होम गेम पनि यही रंगशालामा हुने भए पनि एसियाली फुटबल महासंघले सो खेल एक वर्षपछि धकेलिदिएको छ।

क्वालिफायरका खेल रोकिएपछि यसअघि राष्ट्रिय टिमका खेलाडीको अभ्यास सुरु भएको थिएन।

प्रकाशित: Oct 29, 2020| 15:55 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।