शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उच्चस्तरीय मुस्लिम परिषद्‍द्वारा पाकिस्तानमा हिन्दु मन्दिर निर्माणको अनुमति

उच्चस्तरीय मुस्लिम परिषद्‍द्वारा पाकिस्तानमा हिन्दु मन्दिर निर्माणको अनुमति

पाकिस्तान सरकारलाई सल्लाह दिने मुस्लिम धर्मगुरुहरुको उच्चस्तरीय परिषद्ले त्यहाँ अल्पसंख्यक हिन्दुहरुका लागि मन्दिर निर्माण गर्न अनुमति दिएको छ।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

एजेन्सी- पाकिस्तान सरकारलाई सल्लाह दिने मुस्लिम धर्मगुरुहरुको उच्चस्तरीय परिषद्ले त्यहाँ अल्पसंख्यक हिन्दुहरुका लागि मन्दिर निर्माण गर्न अनुमति दिएको छ।

National life

इस्लामिक धर्म गुरुहरुको उच्चस्तरीय परिषद्ले इस्लामिक कानूनले अल्पसंख्यकको धार्मिक अधिकार सुनिश्चित गर्ने अधिकार दिएको भन्दै मन्दिर निर्माणका लागि सरकारलाई अनुमति प्रदान गरेको हो।

परिषद्को उक्त निर्णयलाई त्यहाँका सांसद एवम् हिन्दु नेता लाल मालीले स्वागत गरेका छन्।

परिषद्ले कुनै निजी मन्दिर वा पूजास्थल निर्माणका लागि भने सार्वजनिक सम्पत्ति र धनराशी खर्च नगर्न सरकारलाई निर्देशन दिएको छ।

पाकिस्तानकाे राजधानी इस्लामावादमा हाल हिन्दुहरुको कुनै पनि औपचारिक मन्दिर छैन। झण्डै १० लाख जनसंख्या रहेको इस्लामावादमा ३ हजार भन्दा बढी हिन्दुहरुको बसोबास रहेको छ।

Laxmi sunrise bank
kumari

मुस्लिम उच्चस्तरीय परिषद्ले पाकिस्तानमा हिन्दुहरुले मृतकको अन्तिम संस्कार आफ्नो परम्पराअनुसार गर्न पाउने संवैधानिक अधिकार रहेकोसमेत सरकारलाई स्मरण गराएको छ।

परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिन्दुहरुको मृत्यु संस्कारका लागि उपयुक्त क्षेत्रको व्यवस्थापन गरिदिनु, त्यस क्षेत्रमा निर्वाध रुपमा आफ्नो संस्कारअनुसार दाहासंस्कार गर्न पाउने उनीहरुको अधिकार हो।’

साथै परिषदले हिन्दु संस्कारअनुसार अन्य धार्मिक काम तथा विहे जस्ता कर्मका लागि एउटा सामूदायिक भवन निर्माणको पनि अनुमति दिएको छ र हिन्दुहरुले ती सबै कुराको प्रयोग गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

गत जुन महिनामा इमरान खान नेतृत्वको सरकारले राजधानी इस्लामावादमा मन्दिर निर्माणको काममा अचानक रोक लगाएपछि हिन्दु मन्दिर निर्माणको बहस छेडिएको थियो। यही शिलशिलामा त्यहाँको उच्चस्तरीय परिषद्ले यस्तो निर्णय गरेको हो।

अल जजिराबाट

प्रकाशित: Oct 29, 2020| 09:30 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।