मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल प्लेअफ : मुम्बई सुरक्षित, तीन स्थानका लागि ६ टिमको दाबेदारी

आईपीएल प्लेअफ : मुम्बई सुरक्षित, तीन स्थानका लागि ६ टिमको दाबेदारी

जारी सिजनको आईपीएल अन्तर्गत लिग चरणमा सबै टिमको दुई खेलमात्र बाँकी रहँदा पनि प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको छैन।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएसँगै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ। उसले १२ खेलबाट ८ जित र ४ हारका साथ १६ अंक बनाएको छ।

National life

साविक उपविजेता चेन्नई सुपर किंग्स भने आईपीएल प्लेअफबाट बाहिरिसकेको छ। चेन्नईले यसअघि बैंगलोरविरुद्ध जित निकाले पनि त्यसअघि नै ८ खेल हारेर प्रतियोगिताको अघिल्लो राउन्डबाट बाहिरिएको हो।

चेन्नईले अहिलेसम्म १२ खेलबाट ४ जित र ८ हार बेहोर्दै ८ अंक जोडेको छ। यी दुई टिमबाहेक अन्य टिम अहिले आईपीएल प्लेअफको लडाइँमा छन्। सबै टिमका लागि अबको खेल ‘गर वा मर’को अवस्थामा हुनेछ।

जारी सिजनको आईपीएल अन्तर्गत लिग चरणमा सबै टिमको दुई खेलमात्र बाँकी रहँदा पनि प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको छैन। मुम्बईबाहेक प्लेअफमा पुग्ने अन्य तीन टिम कुन हुन सक्लान् भन्ने यकिन ४८ खेल सकिँदा पनि हुन सकेको छैन।

प्लेअफमा दावेदारी राख्ने एउटा टिम हो– कोलकत्ता नाइट राइडर्स, जुन अंक तालिकाको पाँचौं स्थानमा छ। उसले अब चेन्नई र राजस्थानसँग खेल्न बाँकी छ। दुवै टिम अंकतालिकाको पुछारमा भएका टिम हुन्।

Laxmi sunrise bank
kumari

यसकारण कोलकाताको प्लेअफ यात्रा केही सरल मानिएको छ। यदि उसले बाँकी दुवै खेल जित्न सके १६ अंक बनाउन सक्नेछ। १६ अंक प्लेअफका लागि पर्याप्त हो। तर उसका लागि नेट रन रेटले बाधा गर्न सक्नेछ, जुन नकारात्मक ०.४७९ मात्र छ। यो प्लेअफमा जान सक्ने पाँच टिममा सबैभन्दा खराब हो।

कोलकाता पाँचौ स्थानमा छ भने किंग्स इलेवेन पञ्जाव समान अंकका साथ चौथो स्थानमा छ। यदि पञ्जाबले राम्रो गर्न सके कोलकाताको यात्रामा पूर्णविराम पनि लाग्न सक्नेछ। यसकारण कोलकाताको अबको यात्रा दबाबपूर्ण छ।

बुधबारको खेलमा मुम्बईसँग पराजित भए पनि बैंगलोर प्लेअफका लागि दाबेदार टिम हो। यदि उसले बाँकी दुई खेलबाट एकमात्र खेल जित्न सके प्लेअफमा जानेछ। ऊ अहिले १४ अंकका साथ दोस्रो स्थानमा छ।

यदि उसले दुवै खेल हारेको अवस्थामा भने शीर्ष चारमा पर्नेका लागि अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था छ।

बैंगलोरको जस्तै अवस्था छ– दिल्ली क्यापिटलको पनि। दिल्लीले पनि समान १२ खेलमा १४ अंक बनाएको छ भने बैंगलोरसँग रन रेटमा पछि पर्दै तेस्रो स्थानमा छ।

अबको खेलमा दिल्लीलाई घाटा के छ भने, उसको बाँकी दुवै खेल शीर्षस्थानका मुम्बई र बैंगलोरसँग छ। अंकतालिकामा दुबै टिम दिल्लीभन्दा बलिया पनि छन्। यसकारण उसलाई पछिल्लो खेलमा हैदराबादसँगको हार खराब हार बन्न सक्नेछ।

साथै यदि दिल्लीले बाँकी दुर्ई खेलमध्ये एक खेल पाँच रनले जित्यो र अर्को खेल ६० भन्दा धेरै रनले हार्यो भने र पञ्जाबले समग्रमा ७० भन्दा धेरै रनले खेल जितेमा पनि दिल्लीको प्लेअफ पुग्ने अवस्था रहँदैन।

यसकारण अंकतालिकामा पञ्जाब र दिल्लीबीच कसिलो प्रतिस्पर्धा हुनेछ। अहिले पञ्जाबसँग लगातार पाँच खेल जितेको अनुभव छ। यसकारण ऊ आउँदो खेलमा पनि जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ। उसको लक्ष्य पूरा भएमा प्लेअफमा जाने सम्भावना कायम छ।

जारी सिजनमा कमजोर ठानिएका राजस्थान र चेन्नई पञ्जाबका बाँकी दुई खेलमा प्रतिद्वन्द्वी हुन्। नेट रनरेट कमजोर भए पनि पञ्जाबले खेल जित्न सके उसले १६ अंक बनाउने छ। जुन प्लेअफमा क्वालिफाइ हुन सक्ने अंक हो।

पञ्जाबले झिनो जित निकाले पनि पाँचौं स्थानको कोलकाताले उसलाई भेट्ने सम्भावना रहँदैन। यसकारण ऊ पछि भएको टिमसँग भने सुरक्षित छ। तर बाँकी एक वा दुवै खेल हारेको खण्डमा उसको आगामी यात्रा अन्य टिमको नजितामा भर पर्नेछ।

हैदराबादको लागि भने प्लेअफमा पुग्ने गणित सरल छ। उसले बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ भने १६ अंक बनाउन सक्ने टिमले हार बेहोर्नु पर्नेछ।

यदि त्यसो भएमा हैदराबादको रन रेट राम्रो भएका हिसाबले उसले प्लेअफमा स्थान बनाउन सक्नेछ।

त्यस्तै सातौं स्थानमा रहेको राजस्थान रोयल्सका लागि प्लेअफमा पुग्ने गणितीय सम्भावना देखिए पनि व्यवहारिक र प्रयोगात्मक भने छैन। उसको नकारात्मक ०.५०५ रन रेट नै खराब पक्ष हो।

हैदराबादको जति नै (१०) अंक भएको अवस्थामा राजस्थानको नेट रन रेट राम्रो अवस्थामा भए हैदराबादकै समिकरण राजस्थानका लागि पनि लागू हुने थियो। तर त्यसो हुन नसकेका कारण उसलाई प्लेअफमा पुग्न असाध्यै गाह्रो छ।

राजस्थानले बाँकी दुई खेल पञ्जाब र कोलकातासँग खेल्दैछ।

प्रकाशित: Oct 29, 2020| 09:19 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।