शुक्रबार, फागुन २९, २०८२

गुजरातका पूर्व मुख्यमन्त्री पटेलको निधन

भारतको गुजरातका पूर्व मुख्यमन्त्री केशुभाइ पटेलको निधन भएको छ। उनको ९२ वर्षको उमेरमा आज (बिहीबार) अहमदाबादको एक अस्पतालमा निधन भएको हो।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

एजेन्सी- भारतको गुजरातका पूर्व मुख्यमन्त्री केशुभाइ पटेलको निधन भएको छ।

National life

उनको ९२ वर्षको उमेरमा आज (बिहीबार) अहमदाबादको एक अस्पतालमा निधन भएको हो। उनी गुजरातमा दुई पटक मुख्यमन्त्री बनेका थिए।

पहिलो पटक सन् १९९५ मा मुख्यमन्त्री बनेका पटेलले पार्टीभित्रको आन्तरिक विद्रोहका कारण ७ महिनामा राजीनामा दिएका थिए।

दोस्रो पटक उनी सन् १९९८ मा मुख्यमन्त्री बने। तर त्यसको तीन वर्षपछि गुजरातमा आएको ठूलो भूकम्पले राज्यमा अव्यवस्था, पार्टीमा असन्तुष्टि तथा आफ्नो खराब स्वास्थ्यका कारण राजीनामा दिएका थिए।

उनले राजीनामा दिएपछि भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई गुजरातको मुख्यमन्त्री बनाएको थियो।

Laxmi sunrise bank
kumari

पटेलको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गरेका छन्।

प्रकाशित: Oct 29, 2020| 08:53 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।