बिहीबार, भदौ ४, २०८३

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।

कांग्रेसको १४ औं महाधिवेशन तयारी र सरकारी गठबन्धनको बैठकमा पनि सहभागी हुने गरेका खड्काले आफूलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्‍जाल फेसबुकमार्फत दिएका छन्। 

उनले उनी दैनिक राजनीतिक गतिविधिबाट अलग भएको जानकारी गराएका छन्। शुक्रबार अपरान्ह ४ बजेदेखि ज्वरो, खोकी सुरु भएपछि आइतबार एन्टिजेन र पीसीआर परीक्षण गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत जानकारी गराएका छन्। 

उनले असोज ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन्।


प्रकाशित: Sep 26, 2021| 15:20 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।