मंगलबार, चैत ३, २०८२

चम्कियो साञ्जो र हाल्यान्डको जोडी

नर्वेजियन फरवार्ड इर्लिङ ब्रुट हाल्यान्ड र इंग्ल्यान्डका खेलाडी जाडन साञ्जोले समान १–१ गोल गर्दै च्याम्पियन्स लिगमा डर्टमुन्डलाई पहिलो जित दिलाएका छन्।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– नर्वेजियन फरवार्ड इर्लिङ ब्रुट हाल्यान्ड र इंग्ल्यान्डका खेलाडी जाडन साञ्जोले समान १–१ गोल गर्दै च्याम्पियन्स लिगमा डर्टमुन्डलाई पहिलो जित दिलाएका छन्।

National life

बुधबार राति सम्पन्न खेलको अन्तिम समयमा गोल गर्र्दै उनीहरुले जेन्टविरुद्ध डर्टमुन्डलाई २–० गोलको जित दिलाए।

घरेलु मैदानमा साञ्जेले ७८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। उनले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे।

त्यस्तै, खेलको इन्ज्युरी समयमा गोल गर्दै हाल्यान्डले अग्रतालाई दोब्बर बनाए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेट मिनेटको गोलसँगै डर्टमुन्डले जित निकाल्यो।

जितसँगै डर्टमुन्ट समूह एफको तेस्रो स्थानमा छ। उसले तीन अंक जोडेको छ। त्यस्तै पराजित जेन्ट भने समूहको अन्तिममा छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, बुधबार राति नै सम्पन्न अर्को खेलमा लाजियोले क्लब ब्रुगकसँग १–१ गोलको बराबर खेल्दै अंक बाँडेको छ।

सिजनको पहिलो खेलमा जित निकालेका दुवै क्लब बरबरी समान ४ अंक बनाएका छन्। लाजियो समूहका शीर्षस्थानमा छ भने ब्रुग दोस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 29, 2020| 02:21 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।