आइतबार, असार २८, २०८३

चेल्सी र सेभियाको पहिलो जित

च्याम्पियन्स लिग अन्तर्गगत बुधबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गगत बुधबार राति सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ। 

क्रस्नोदरको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिविरुद्ध ४–० गोलको सहज जित निकालेको हो।

जितका लागि चेल्सीका हुड्सन ओडोइ, टिमो वेर्नर, हाकिम जियाच र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे। 

ओडोइले खेलको ३७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमै अग्रता दिलाएका थिए।

एक गोलको अग्रतामा पहिलो हाफ सकिए पनि दोस्रो हाफमा चेल्सीले तीन गोल थप्यो। ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै वेर्नरले अग्रतालाई दोब्बर बनाए। 

जियाच र पुलिसिकले क्रमसः ७९ औं र ९० औं मिनेटमा गोल गरे।

सिजनको पहिलो खेल बराबरीमा चित्त बुझाएको चेल्सीले गएराति सम्पन्न खेलमा जित निकाल्दै ४ अंक बनाएको छ। ऊ समूह ई को शीर्षस्थानमा छ।
पराजित क्र्रस्नोदर तेस्रो स्थानमा छ।

बुधबार राति नै सम्पन्न सोही समूहको अर्को खेलमा सेभियाले रेन्निसविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। 

लुक डि जोङको निर्णयक गोलमा घरेलु मैदानमा जित निकालेको हो। 

जितसहित सेभिया समूहको दोस्रो स्थानमा छ। उसको खातामा ४ अंक छ भने पराजित रेन्निस १ अंकका साथ पुछारमा छ।
 

प्रकाशित: Oct 29, 2020| 01:56 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।