आइतबार, असार २८, २०८३

युनाइटेडको सानदार जितमा रासफार्डको ह्याट्रिक

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफर्डले बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा ह्याट्रिक गरेका छन्।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफर्डले बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा ह्याट्रिक गरेका छन्।

घरेलु मैदानमा सम्पन्न खेलमा रासफर्डले ह्याट्रिक गर्दा युनाइटेडले आरबी लाइप्जिकविरुद्ध ५–० गोलको जित निकाल्न सफल भएको हो।

उनी खेलको ६३ औं मिनेटमा मेसन ग्रिनवुडलाई विस्थापन गर्दै मैदान पसेका थिए। मैदान पसेको ११ औं मिनेमा पहिलो गोल गरेका उनले ७८ औं मिनेटमा दोस्रो र इन्ज्युरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।

खेल अवधिको १६ मिनेटमा ह्याट्रिक गरेका रासफर्ड सब्स्टिच्युट खेलाडी भएर ह्याट्रिक गर्ने युनाइटेडका दोस्रा खलाडीसमेत हुन्।

प्रिमियर क्लबको सानदार जितका लागि रासफर्डसँगै मेसन माउन्ट र एन्थोनी मार्सलले समान १–१ गोल गरे।

यससँगै म्यान्चेस्टर युनाइडेडका बोस ओले गनर सोल्जरले यूईएफए प्रतियोगितामा ५०औं जित निकालेका छन्। जितसँगै युनाइटेड समूह एचको शीर्षस्थानमा छ भने लाइप्जिक दोस्रो स्थानमा छ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्तानबुल बासक्सेलरविरुद्ध २–० गोलको सहज जित निकालेको छ।
पीएसजीका लागि दुवै गोल मोइसे किनले गरे। जितसँगै तीन अंक जोडेको पीएसजी समूहको दोस्रो स्थानमा छ।

प्रकाशित: Oct 29, 2020| 01:21 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।