आइतबार, असार २८, २०८३

युभेन्टसको मैदानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ। 
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ। 

युभेन्टसको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमलाई हराउँदै २–० गोलको जित निकालेको हो।

जितका लागि ओउसमान डेम्बेले र लियोनेल मेस्सीले गोल गरे। खेलको १४ औं मिनेटमा कप्तान मेस्सीले दिएको पासलाई उपयोग गर्दै डेम्बेलेले सुरुवाती गोल गरेका थिए।

उनको गोलसँगै पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो। पहिलो हाफमै दबाबमा आएको घरेलु टिमका डेमिरल लुंगेसले रातो कार्ड पाएपछि झन् दबाबमा आएको थियो।

लुंगेसले बार्सिलोनाका पजानिकमाथि फल गरेपछि ८५ औं मिनेटमा रातो कार्ड खाँदै बहिरिएका थिए। 

यता खेलको इन्ज्युरी समयमा बार्सिलोनाका कप्तान मेस्सीले १० खेलाडीमा सिमित मिटविरुद्ध गोल गरेपछि भने बार्सिलोनाले दुई गोलको अग्रता बनायो।

२–० गोलअन्तको जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार दुई जित निकालेको छ। दोस्रो जितसहित ऊ समूह जीको शीर्षस्थानमा छ भने युभेन्टस दोस्रो स्थानमा छ।

सोही समूहको अर्को खेलमा फेरेन्कावारोस र डायनामो किवले २–२ गोलको बराबरी खेलेका छन्। यी दुई टिम समूहको तेस्रो र चौथो स्थानमा छन्।

युभेन्टसका फरवार्ड क्रिस्टियनाको कोरोना संक्रमणका कारण खेलमा उपस्थित थिएनन्। उनको पछिल्लो टेस्ट पनि पोजेटिभ देखिएको छ।
 

प्रकाशित: Oct 29, 2020| 01:06 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।