मंगलबार, चैत ३, २०८२

मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा

बुधबार राति सम्पन्न खेलमा मुम्बर्ईले बैंगलोरलाई पाँच विकेटले हराएको हो।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

काठमाडौं– रोयल च्यालेन्सर्ज बैंगलोरलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

National life

बुधबार राति सम्पन्न खेलमा मुम्बर्ईले बैंगलोरलाई पाँच विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको मुम्बईले १९.१ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हात पारेको थियो।

पहिले ब्याटिङमा आएको बैंगलोरका देवदत्त पडिक्कलले ७४ रनको योगदान दिए। उनीसँगै ओपनिङमा आएका जोस फिलिपले ३३ रन बनाउँदै ७१ रनको साझेदारी गरे।

त्यसपछि मैदान प्रवेश गरेका कप्तान विराट कोहली ९ रनमै मैदानबाट बाहिरिए भने एबी डिबिलियर्स पनि १५ रनमै आउट भए। गुरकिरत सिंहले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

Laxmi sunrise bank
kumari

यता फिल्डिङ सम्हालेको मुम्बईका जसप्रित बुमराहले कोहलीलाई आउट गराउँदै आईपीएलमा सय विकेटको यात्रा पूरा गरेका छन्। उनले आजको खेलमा तीन विकेट लिए।

एक विकेट लिनेमा ट्रेन्ट बोल्ट, राहुल चहर र किरोन पोलार्ड रहे।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाउँदै अविजित रहे। साथै क्विन्टन डिककले १८ रन बनाए भने इशान किसले २५ रनको योगदान दिए।

बैंगलोरका मोहम्मद शिरज र युजवेन्द्र्र चहलले समान २–२ विकेट लिए। जितसहित मुम्बईले प्लेअफमा पाइला राखेको छ।

अंकतालिकामा १६ अंकका साथ मुम्बई शीर्षस्थानमा छ भने बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 29, 2020| 00:19 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।