आइतबार, असार २८, २०८३

मैदानमा कोहली र रोहितको टिम भिड्दै, प्लेअफमा एक जित आवश्यक

दुवै टिम समान १४ अंकका साथ प्वाइन्ट टेबलको शीर्ष दुई स्थानमा छन्। साथै दुवै टिमलाई प्लेअफका लागि मात्र एक जित आवश्यक छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार (आज) राति पौने ८ बजे ४८ औं खेल हुँदैछ। आजको खेलमा रोहित शर्मा र विराट कोहलीको टिम मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्।

दुवै टिम समान १४ अंकका साथ प्वाइन्ट टेबलको शीर्ष दुई स्थानमा छन्। साथै दुवै टिमलाई प्लेअफका लागि मात्र एक जित आवश्यक छ।

यता चोटका कारण भारतको राष्ट्रिय टोलीको अष्ट्रेलिया यात्रामा सहभागी नहुने भएका रोहित शर्मा आजको खेलमा फर्कन सक्ने आशा गरिएको छ।

उनी मुम्बई इन्डियन्सले अपलोड गरेको पछिल्लो भिडियोमा अभ्यास गरिरहेका देखिन्छन्।

जारी सिजनमा यी दुवै टिमको पहिलो खेल सुपर ओभरसम्म पुगेको थियो। दुबईमा भएको सुपर ओभरमा मुम्बईले जवाफी ब्याटिङ गर्दै समान २०१ रन बनाएपछि खेल सुपर ओभरमा लम्बिएको थियो। सुपर ओभरमा बैंगलोरले खेल जितेको थियो।

यो सिजनमा मुम्बईका क्विन्टन डिकक र इशान किसनले उत्कृष्ट प्रदर्शन गरेका छन्। यता बैंगलोरका विराट कोहली र देवदत्त पडिक्कल पनि खेलको केन्द्रमा रहनेछन्।

आईपीएल इतिहास हेर्ने हो भने यी दुई टिमबीच २८ खेल भएका छन्। जसमा मुम्बईले १८ खेल जितेको छ भने बाँकी १० खेल बैंगलोरले जितेको छ। आज यी दुवै टिम प्लेअफमा पुग्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन्।

सम्भावित प्लेइङ सेटः

बैंगलोरः विराट कोहली (कप्तान), एबी डिबिलियर्स, एरोन फिन्च, देवदत्त पडिक्कल, शिवम् दुवे, मोइन अलि, वाशिंटन सुन्दर, क्रिस मोरिसन, नवदिप शैनी, मोहम्मद सिराज, युजवेन्द्र चहल

मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, इशान किसन, हार्दिक पाण्ड्या, क्रुणल पाण्ड्या, किरोन पोलार्ड, जेम्स पटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह
 

प्रकाशित: Oct 28, 2020| 10:55 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।