शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भोट सच्याउन मन लाग्यो भने फेरि भोट दिनुहोस्ः  यस्तो छ अमेरिकी चुनाव

भोट सच्याउन मन लाग्यो भने फेरि भोट दिनुहोस्ः  यस्तो छ अमेरिकी चुनाव

अमेरिकाका केही राज्यमा मतदाताले मतदान गरिसकेपछि पनि आफ्नो मत परिवर्तन गर्न सक्छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं- अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। तर त्यसअघि पनि मत खसाल्न पाइने विभिन्न व्यवस्था छ।

National life

अमेरिकाका केही राज्यमा मतदाताले मतदान गरिसकेपछि पनि आफ्नो मत परिवर्तन गर्न सक्छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले केही मतदाताहरुलाई यस्तै गर्न सुझाव दिएका छन्। निर्वाचन परिणाममा यसको असर के होला?

ट्रम्पले सुरुमै मतदान गरिसकेका धेरैले फेरि आफ्नो मत सच्याउन पाइन्छ कि पाइँदैन भनेर गुगल सर्च गरेको पाइएको भन्दै त्यसो गर्न पाइने बताएका छन्। उनले ट्विट गरेर धेरै राज्यहरुमा यस्तो सुविधा भएको भन्दै मतदातालाई आफ्नो मत सच्याउन आग्रह पनि गरेका छन्। 

समीक्षकहरु राष्ट्रपतिको यो अपिल निर्वाचनमा आफूले जितिदैन कि भन्ने आशंकाले आएको हुनसक्ने बताइरहेका छन्। चुनाव अभियानको सुरुदेखि नै यदि ट्रम्पले हारे भने उनले सजिलै सत्ता हस्तान्तरण गर्ने छैनन् भन्ने आशंका केहीको थियो। ट्रम्पलाई यसबारेमा सोध्दा उनले कहिल्यै पनि यसलाई अस्वीकार गरेका छैनन्। 

अमेरिकामा अहिलेसम्म ६.६ करोडभन्दा धेरै मतदाताले मत दिइसकेका छन्। यो सन् २०१६ को मतदानको करिब ५० प्रतिशत हो। यीमध्ये ४.४ करोड मत हुलाकबाट खसालिएको छ भने २.२ करोड निर्वाचन कार्यालयमा गएर।  

Laxmi sunrise bank
kumari

प्रारम्भिक सर्वेक्षणमा मतदानको रुझान डेमोक्रेट्सको पक्षमा गएको र रिपब्लिक पछि परेको अनुमान गरिएको छ। 

अमेरिकामा आफूले दिएको मत सच्याउने सुविधा केही राज्यमा मात्रै छ। ती राज्यका पनि बेग्लाबेग्लै काउन्टीमा बेग्लाबेग्लै नियम छ। विस्किन्सिनमा मतदाताले तीन पटक आफ्नो मत परिवर्तन गर्न पाउँछन् भने कनेक्टिकटमा स्थानीय अधिकारीको स्वीकृति लिनु पर्छ। 

केही राज्यमा मत निश्चित मितिमा मात्रै परिवर्तन गर्न सकिन्छ, केही राज्यमा भने मतदानको दिनसम्म यस्तो गर्न पाइन्छ। 

कतिपय ठाउँ मत परिवर्तन गर्ने कानुन संशोधनबारे अदालतमा मुद्दा चलिरहेको छ। 

सोमबार जब ट्रम्पले मनोनित गरेकी न्यायाधीश जज एमी कोनी बैरिटको सुप्रिम कोर्टमा नियुक्ति भयो, त्यसै दिन अदालतले यस्तै एक मुद्दामा फैसला सुनाएको थियो। उक्त फैसला अनुसार विस्कन्सिनमा तीन नोभेम्बर पछि हुलाकबाट प्राप्त मतको गणना हुने छैन। 

अहिलेसम्म अमेरिकाको अवस्था हेर्दा ट्रम्प र बाइडेनबीच ठूलो मतान्तर नहुने अवस्थामा मतगणना जटिल र लामोसमयसम्म चल्न सक्ने देखिन्छ। 
 

प्रकाशित: Oct 28, 2020| 08:55 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।