शुक्रबार, फागुन २९, २०८२

काेराेना महामारीबीच बिहारमा पहिलो चरणको मतदान सुरु

काेराेना महामारीबीच भारतको बिहारमा विधानसभा निर्वाचन सुरु भएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

पटना- काेराेना महामारीबीच भारतको बिहारमा विधानसभा निर्वाचन सुरु भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ विधानसभा क्षेत्रमा कडा सुरक्षाका बीच बुधबार बिहान ७ बजे मतदान सुरु भएको हो। 

National life

मुख्य निर्वाचन अधिकारी सञ्जयकुमार सिंहले ७१ विधानसभा क्षेत्रमा बिहान ७ बजेदेखि कडा सुरक्षा व्यवस्था र कोरोना भाइरस जोखिमको निर्देशन पालना गर्दै मतदान भइरहेको जानकारी दिए।

आज दुई करोड १४ लाख ८४ हजार ८७८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

निष्पक्ष एवम् शान्तिपूर्ण मतदानका लागि सबै निर्वाचन केन्द्रमा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।

केही संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा मतदानको समय साँझ ५ सम्म तोकिएको छ भने अन्य क्षेत्रमा ६ बजेसम्म मतदान हुनेछ।

Laxmi sunrise bank
kumari

२४३ सिटमध्ये आज ७१ सिटका लागि निर्वाचन हुन लागेको हो।

दोस्रो चरणको मतदान नोभेम्बर ३ मा र तेस्रो चरणको निर्वाचन नोभेम्बर ७ मा हुने कार्यक्रम छ। मत परिणाम नोभेम्बर १० मा सार्वजनिक गरिनेछ।

बिहारमा नीतीशकुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्नका लागि चुनावी मैदानमा छन्। 

सबैभन्दा बढी ४२ सिटमा राजद, ४१ सिटमा लोजपा र ४० सिटमा रालोसपा चुनावी मैदानमा  छन्। भाजपा २० स्थानमा र उसको सहयोगी दल ३५ सिटमा चुनाव लडेको छ। यस्तै कांग्रेसले २२ सिटमा उम्मेदवारी दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण  जाेखिम रहेकाले सावधानीसाथ मतदान गर्न सबै मतदातालाई अपिल गरेका छन्। द प्रिन्ट

प्रकाशित: Oct 28, 2020| 05:13 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।