आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिगमा लिभरपुलको जित

काठमाडौं– प्रिमियर क्लब लिभरपुलले मंगलबार राति सम्पन्न मिजुल्यान्डविरुद्धको खेलमा सहज जित निकालेको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– प्रिमियर क्लब लिभरपुलले मंगलबार राति सम्पन्न मिजुल्यान्डविरुद्धको खेलमा सहज जित निकालेको छ।

च्याम्पियन्स लिग अन्तर्गत मिजुल्यान्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले २–० गोलको सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५५ औं मिनेटमा गोल गर्दै डियागो जोताले सुरुवाती अग्रता बनाएका थिए।

त्यस्तै, इन्ज्युरी समयमा पोनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्दै जितलाई २–० सम्म पुर्याए।

गएरातिको जितसहित ६ अंक बनाएको लिभरपुल समूह डीको शीर्षस्थानमा छ त्यस्तै अंकविहिन मिजुल्यान्ड पुछारमा छ।

सोही समूहको अर्को खेलमा एटलान्टाले आयाक्ससँग २–२ गोलको बराबरी खेलेको छ। बरबरीसँगै एटलान्टाको ४ अंक छ भने आयाक्सको १ अंक छ। उनीहरु समूहको दोस्रो र तेस्रो स्थानम छन्।
 

प्रकाशित: Oct 28, 2020| 02:02 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।